कार दुर्घटनाबाट चालकको मृत्यु

0
562

सुनसरी।

सुनसरीको बराहक्षेत्र नगरपालिका–३ बाङ्गे स्थित भित्री सडक खण्डमा अनटेस्ट कार आफैं अनियन्त्रित भई पल्टदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कार चालक बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टीका ४० बर्षीय कृष्णप्रसाद दाहाल रहेका छन् । कालाबञ्जर देखि चक्रघटी तर्फ आउँदै गरेको सो कार आफैं अनियन्त्रित भई उक्त सडकको दाहिने तर्फ पैनीमा पल्टी दुर्घटना हुँदा गम्भिर घाईते भएका दाहालको तत्काल स्थानिय नगर अस्पताल चक्रघटीमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

घटनास्थलमा अस्थाई प्रहरी पोष्ट बाङगेबाट प्रहरी टोली पुगेर थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here