स्कुटी दुर्घटनाबाट चालकको मृत्यु

५ कार्तिक २०७८, शुक्रबार मा प्रकाशित

सुनसरी।

सुनसरीको कोशी गाऊपालिका–८ भाण्टाबारी चोक स्थित पूर्व–पश्चिम राजमार्गमा अनटेस्ट स्कुटी आफैं अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा दमक नगरपालिका १ की २६ बर्षीया सासा लिम्बू रहेकी छन् । पूर्वबाट पश्चिम जाँदै गरेको उक्त स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएकी लिम्बुको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा स्कुटी पछाडी सवार रहेकी झापा बुद्दशान्ति गाऊपालिका १ की २७ बर्षीया रेनु गुरुङ भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here