भद्रपुरका बाढीपीडितलाई राहत

0
728

भद्रपुर ।

भद्रपुरका बाढीपीडितलाई राहत सामग्री वितरण गरिएको छ । गत कात्तिक २ गते अविरल वर्षापछि मेची नदीमा आएको बाढीले प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।

कारितास नेपाल र नेपाल–भारत मैत्री संघ केन्द्रीय समितिले आइतबार छुट्टाछुट्टै संक्षिप्त कार्यक्रमको आयोजना गरी भद्रपुरका सयभन्दा बढी बाडीपीडितलाई खाद्यान्न सामग्री वितरण गरेको भद्रपुर–५ नम्बर वडाध्यक्ष बन्धु कार्कीले जानकारी दिए ।

कारितास नेपालले भद्रपुर–५का ७५ परिवार र नेपाल–भारत मैत्री संघले ५८ परिवारलाई चामल, दाल, तेल, नुन, चना लगायतको खाद्यान्न सामग्री वितरण गरेको उनले बताए । त्यस्तै कारितास नेपालले भद्रपुर–३स्थित हतिमाराका ३० परिवारलाई पनि खाद्यान्न सामग्री वितरण गरेको हो ।

कारितास नेपालको कार्यक्रम संयोजक विपीन घिमिरेको नेतृत्वमा आएको टोलीले सो सामग्री वितरण गरेको संस्थाका नवीन पौडेलले जानकारी दिए । राहत वितरण कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ, उपमेयर चन्द्रामाया श्रेष्ठ, ५ नम्बर वडाध्यक्ष बन्धु कार्की, ३ नम्बर वडाध्यक्ष कमला थुलुङ, नेपाली कांग्रेसका नगर उपसभापति रमेशचन्द्र झा लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै नेपाल–भारत मैत्री संघको राहत वितरण कार्यक्रममा केन्द्रीय अध्यक्ष ओमप्रकाश सरावगी, संघका सहअध्यक्ष शैलेन्द्र मोहन झा, मैत्री संघका झापा अध्यक्ष प्रदीप रेग्मी, नेपाल उद्योग वाणिज्य संघका प्रदेश १ अध्यक्ष टीकाराज ढकाल, कांग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here