कर सप्ताह मनाइँदै

0
820

झापा ।

आन्तरिक राजश्व कार्यालय मेचीले साताव्यापी कार्यक्रम गर्दै कर सप्ताह मनाउने भएको छ ।

१० औं राष्ट्रिय कर दिवस तथा कर सप्ताहको पूर्व सन्ध्यामा सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले कर सप्ताहमा उत्कृष्ट चार जना करदातालाई सम्मान गरिने बताए ।

उनले साताव्यापी कार्यक्रममा सचेतनामूलक कार्यक्रमलाई विभिन्न क्षेत्रमा उद्योग वाणिज्य संघहरुसंँग सहकार्य गर्दै सञ्चालन गरिने जानकारी दिए ।

कर सप्ताहको उद्घाटन सत्र बिर्तामोडमा हुने कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्य रहने बताइएको छ । प्रभातफेरीसहित कर सप्ताहको मंसीर १ गते उद्घाटन गरिने बताइएको छ । स्वेच्छिक कर सहभागितामा अभिवृद्धि सुशासन विकास र सम्बृद्धि भन्ने नाराका साथ यस पटकको कर सप्ताह मनाउन लागेको प्रमुख कर अधिकृत रिजालले बताए ।

झापासहित ताप्लेजुङ, पाँचथर, इलाम लगायतका जिल्लामा पनि कार्यक्रम गरिने बताइएको छ । कर सप्ताह अन्तरगत मंसीर २ गते मेची नगरपालिकामा, मंसीर ३ गते कनकाई , ४ गते वुद्धशान्ति, ५ गते बिर्तामोड र ६ गते भद्रपुरमा करदाता शिक्षा तथा सचेतना मूलक कार्यक्रम गरिने बताइएको छ । मंसीर ७ गते भद्रपुरमा कर सप्ताह समापन गरिने अधिकृत रिजालले बताए ।

राजश्व कार्यालयले चालू आर्थिक वर्षमा तीन अर्ब ४० करोड ७४ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको र पछिल्लो तीन महिनाकोृ अवधिमा एक सय १४ प्रतिशत राजश्व संकलन भएको प्रमुख कर अधिकृत रिजालले बताए । कर सप्ताह कार्यक्रम बिर्तामोड उद्योग वाणिज्य संघसंगको सहकार्यमा गरिने बताइएको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी , निवर्तमान अध्यक्ष कुमार भट्टराई, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश सदस्य सुरेन्द्र भण्डारी, पत्रकार महासंघ झापाका कावा अध्यक्ष केशव भट्टराई लगायतको सहभागितामा भएको कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका प्रवक्ता सञ्जीव घिमिरेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here