चक्कु प्रहार गरी दाजुको हत्या, भाई पक्राउ

0
693

इलाम । 

इलामको सन्दकपुर गाउँपालिका १ ,चाँपगैरीका ३० बर्षीय चक्र मुखियाले चक्कु प्रहार गरी आफ्नै दाजुको हत्या गरेका छन् ।

काका मान बहादुर मुखियाको घरमा बसी मादक पदार्थ सेवन गरी सामान्य बिबाद हुँदा उनले दाजु ३५ बर्षीय ईच्छा मुखियालाई चक्कु प्रहार गर्दा घटनास्थलमानै मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी बन्दुके र अस्थाई प्रहरी चौकी बिप्लाटेबाट प्रहरी टोली खटि गई चक्कु सहित चक्र मुखियालाई पक्राउ गरेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here