टोलटोलमा एमाले अभियान

0
935

पथरीशनिश्चरे,

नेपाल कम्युनिस्ट पार्टी एमाले पथरीशनिश्चरे नगरपालिका वडा नं ८ वडा कमिटीले “टोलटोलमा एमाले अभियान” सुरु गरेको छ ।

वडालाइ १० वटा टोलमा बिभाजन गरेको एमालेले आजदेखी टोलटोलमा गएर आफ्नो टोल कमिटी गठन गर्ने र उक्त टोलमा रहेका समस्याहरू पहिचान गरि समाधान गर्न पहल गर्ने अध्यक्ष नवीन कार्कीले जानकारी दिए।

यो आन्दोलन जनएकता तथा रुपान्तरणको भएको र त्यसको लागि संगठन दह्रो हुनैपर्ने भएको हुँदा मङ्सिर महिना भित्रमा टोल कमिटीहरु गठन गरिसक्ने गरि अभियान बढाइएको कार्कीले बताए ।

कार्यक्रमको प्रमुख अतिथि एमाले पथरी शनिश्चरे नगर कमिटी अध्यक्ष रमेश दाहालले आठ नम्बर वडाले अन्य वडालाई समेत संगठन बिस्तारको पाठ सिकाएको बताए। त्यसैगरी , नगर सचिव भिमकुमार राइले कार्यक्रममा बोल्दै एमालेले सधैँ जनतासगैं काम गर्ने र जनताको मन जित्ने कुरामा अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए।

टोल नम्बर १ मा जितबहादुर तिम्सिनाको संयोजकत्वमा विधान वमोजिम २१ सदस्यीय टोल कमिटी गठन गरेको कार्यक्रममा एमाले क्षेत्रिय कमिटी सदस्य प्रकाश कार्की, नगर कमिटी सदस्यहरु कुलवहादुर बिष्ट, निलकण्ठ सुवेदी लगायत वडा कमिटीका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको वडा पार्टी उप-सचिव रमेशकुमार कटुवालले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here