पथरीशनिश्चरेमा माओवादी केन्द्रका १० वटै वडा कमिटी सर्वसम्मत

0
491

पथरीशनिश्चरे,

नेकपा माओवादी केन्द्र पथरीशनिश्चरेमा शनिबार सबै वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ । दश वटै वडामा अधिवेशनमार्फत पदाधिकारी सहित २९ सदस्यीय समिति सर्वसम्मत चयन भएको माओवादी केन्द्रले जनाएको छ ।

पथरीशनिश्चरे वडा नं. १ मा युवराज चम्लागाईको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन भएको छ । यस्तै, वडा नं. २ मा थवराज आचार्यको अध्यक्षतामा कमिटी चयन भएको छ । कमिटीको उपाध्यक्षमा पदम खड्का, सचिवमा जीवनकुमार अधिकारी, सह–सचिवमा खेमराज न्यौपाने र कोषाध्यक्ष शान्तिदेवी घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी, वडा नं. ३ मा अध्यक्षमा टंक पराजुली, सचिवमा मनोरथ भण्डारी लगायत २९ सदस्यीय समिति गठन भएको छ । वडा नं. ४ मा धनपाल याक्खाको अध्यक्षतामा उपाध्यक्ष वीरबहादुर कार्की, सचिव रविन मगर, सह–सचिव जसकुमार कुलुङ र कोषाध्यक्षमा लक्ष्मि भट्टराई निर्वाचित भएका छन् । वडा नं. ५ को अध्यक्षमा रिजमान मियां, उपाध्यक्ष छविलाल चौधरी, सचिव लेखनाथ लुइटेल, सह–सचिव कृष्णबहादुर भुजेल र कोषाध्यक्षमा शुशिला मगर चयन भएका छन् ।

यसैगरी, पथरीशनिश्चरे वडा नं. ६ को अध्यक्षमा डिल्लीराम चौलागाई चयन भएका छन् । यसअघि नै भएको भेलाबाट वडा सचिवमा जयराम कविरथ चयन भएका छन् । वडा नं. ७ को अध्यक्षमा मोहन नेम्बाङ, उपाध्यक्ष देउमाया राई, सचिव टिकाराम सुवेदी, सह– सचिव राकेश राई र कोषध्यक्ष समिता तामाङ निर्वाचित भएका छन् भने वडा नं. ८ को अध्यक्षमा अनिल खजुम, उपाध्यक्ष मनोज देवान, सचिव श्याम कटुवाल, सह–सचिव भुमिराज अधिकारी र कोषाध्यक्ष दुर्गादेबी घिमिरे चयन भएका हुन् ।

यस्तै , वडा नं. ९ को अध्यक्षमा ईश्वर चौहान, उपाध्यक्षमा हरिकुमार शेर्मा, सचिवमा नरेश ठटाल, सह–सचिवमा जमुना सम्बाहाम्फे र कोषाध्यक्षमा रचना मोते सर्वसम्मत चयन भएका छन् भने वडा नं. १० मा अध्यक्ष पदम बहादुर गुरुङ, उपाध्यक्ष सीता रसाइली, सचिव राजकुमार बिष्ट, सह–सचिव मेघनाथ मिश्र र कोषाध्यक्ष देवीमाया राई चयन भएका छन् ।
नेकपा माओवादी केन्द्रको हिजो देशभर वडा सम्मेलनहरु भएका छन् । माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका अनुसार देशभरका ६ हजार ७४३ वटा वडामा वडा अधिवेशन सम्पन्न भएको छ ।

यसैगरी, मंसिर ११ गते सबै पालिकाहरुमा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुँदैछ । आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन हुँदैछ । केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा ७ सदस्यीय, पालिकामा ५ सदस्यीय र वडा तहमा ३ सदस्यीय निर्वाचन समितिहरु समेत गठन गरेको छ ।

माओवादी केन्द्रले नेतृत्व चयनका सन्दर्भमा सकेसम्म सर्वसम्मत गर्ने अभ्यास गरीरहेको छ भने त्यो नभएमा मात्रै निर्वाचनको प्रक्रियामा जाने नीति लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here