विप्लव माओवादी इलामको चोक चोकमा कोणसभा गर्दै बाइक र्यालि निकाल्यो

0
648

इलाम ।

विप्लव माओवादीले मंसिर ८ गते पार्टी पुनर्गठन दिवस भव्य रुपमा जिल्ला जिल्लामा मनाउन केन्द्रीय समितीले निर्देशन गरेपछी इलाममा नेकपाले बाइक ¥याली निकालेको छ ।

इलामको कुटिडांडाबाट शुरु गरेको बाइक र्याली कन्याम , फिक्कल हुँदै नेपाल भारत सिमामा रहेको पशुपतिनगरमा पुगेर कोण सभापछि समापन गरिएको थियो ।

चोक चोकमा गरिएको कोण सभालाइ जिल्लाका सेक्रेटरी मौसमले आफ्नो भनाइ राख्दै संचालन गरेका थिए भने कोणसभालाइ पार्टिका केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज सुमनसिंहले संबोधन गरेका थिए ।

फिक्कलको कोण सभामा बोल्दै सिंहले संसदिय पुंजिवादी ब्यवस्था कति कारणले ठिक भन्दै हिंड्नु भएको छ रु तर्क लिएर सडकमा बहस गर्न आउन सुबाश नेम्वाङ र झलनाथ खनाललाई चुनौती दिए । उ

नले जनता र रास्ट्रको हितमा बोलेकै भरमा सत्ताले दमन गरेको कुरा जनतालाइ बताउंदै रास्ट्र र जनताको हितमा आफ्नो पार्टी जहिलै पनि अग्रपंक्तिमा बलिदान गर्न तयार भएको बताए । उनले कन्यामको चिया बिदेशी दलाललाई कौडिको भरमा सुम्पेको बतांउदै अब जनताले खोस्नु पर्ने बताए । इलाममा अब कम्युनिस्ट नामका संसदवादिले जनतालाइ ढांट्न नपाउने बताए ।

त्यस्तै नेपाल भारत सिमामा रहेको पशुपतिनगरमा पनि कोण सभा भएको थियो । उक्त कोणसभामा बोल्दै सिंहले सिमानमा रहेको यो धर्तिको सपथ खाएर देशको स्वाधिनताको निम्ति आफ्नो पार्टी लड्ने बताए । उनले भारतिय शासकहरु बाट भएको अत्यचार आफुहरुलाइ सह्य नभएको , यस्तै तरिकाले हेपाहा व्यवहार गर्ने हो भने जनतालाइ संगठित गरेर प्रतिरोध गरिने बताए । उनले भारतबाट निर्वाध रुपमा भित्रीने ढुवानी र यातायात शाधनले नेपाली यातायात ब्यवशायी मारमा परेको हुनाले अब नेपालि यातायात ब्यवशायी हरुले आन्दोलनमा उत्रनु पर्ने बताए ।

नेकपा इलामले मंसीर ८ गते जिल्लामा धुमधाम संग पार्टी पुनर्गठन दिवस मनाउंदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here