नेपाल–भारत सीमा बन्यो सहज

0
758

शरणामती।

झापा गाउँपालिका स्थित नेपाल–भारत सीमा नाका सहज बनेको छ । झापा–१ लसुनाबाट भारतीय बजार दिघलबैंक जाने नेपालीहरुका लागि सहज आवातजावत शुरु भएको हो ।

कोरोना महामारीको प्रभावले बिगत डेढ वर्षदेखि बन्द रहेको नाकामा सहज आवतजावत हुन थालेपछि स्थानीय खुशी भएका छन् । भारतीय बजारमा नेपालमा भन्दा सस्तो खाद्यान्न पाइने हुनाले नेपालीहरू भारतीय बजारमा किनमेल गर्न जाने गरेका छन् ।

लसुना र दिघलबैँक सहज आवतजावतका लागि सीमामा चेकजाँचमा स्वास्थ्यकर्मीसहितको हेल्थडेक्स समेत राखिएको छ । सीमा वारिपारि गर्नेलाई अनिवार्य मास्कको प्रयोग र स्वास्थ्य परीक्षण गर्ने गरेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मी भूमिका नेपालले बताइन् ।

बजारका बेला त अत्यधिक भीड हुन्छ, अनिवार्य मास्कको प्रयोग गरेर मात्र हिँड्न सुझाव दिन्छांै– उनले भनिन् । मानिसको पैदल आवातजावत सहज बनाए पनि सवारी साधन आवतजावतमा भने पूर्ण रोक लगाइएको स्थानीय सुरक्षाकर्मीले बताएका छन् ।

भारतको बिहारस्थित दिघलबैंक बजार आइतबार र बिहीबार लाग्ने गर्छ । यहाँ अधिकांश नेपाली भारतीय बजारमा नुन, तेल लगायतका खाद्यान्न किनमेल गर्न जाने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here