बाल सुबोधिनी माविमा लक्ष्मीको अध्यक्षतामा बाल क्लब गठन

0
738

दुहागढी ।

झापा मेचीनगर १४ दुहागढीस्थित बाल सुबोधिनी माध्यमिक विद्यालयमा लक्ष्मी राजवंशीको अध्यक्षतामा बाल क्लब गठन गरिएको छ ।

नव गठित क्लबको उपाध्यक्षमा प्रदिप ढकाल, सचिव रिङ्कु खड्का, सहसचिव रोमिसा काफ्ले र कोषाध्यक्षमा विद्या सिंह चयन भएका छन् ।

बुधवार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच गठित क्लबका सदस्यहरुमा विक्रम खड्का, कविर मगर, अविनाश दङ्गाल, नम्रता खड्का, गीता दाहाल र राहुल मगराती रहेका छन् ।

त्यसैगरी क्लबका संरक्षक शिक्षक पदमप्रसाद मिश्र र सहसंरक्षक शिक्षकमा प्रमिला ढुङ्गाना चयन भएका छन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्व थापाले बाल क्लबका काम कर्तव्यका बारेमा प्रकाश पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here