पाँचथरमा ट्याक्टर दुर्घटना,एकजनाको मृत्यु

0
425

पाँचथर,

याङ्वरक गाउँपालिका वडा नम्बर १ चिवाभन्ज्याङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक सोही पालिका वडा नम्बर २ बस्ने ३३ वर्षीय नवराज बेघा रहेका छन् । बुधबार बिहान करीब ८:३० बजे भित्री सडक खण्डमा चिवाभञ्ज्याङबाट च्याङथापु तर्फ आउँदै गरेको प्र १–०१–००१ त ९५६२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट एक सय मिटर तल झरी दुर्घटना भएको जिल्ला प्रहरी पाँचथरले जानकारी गराएको छ ।

शवलाई कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथर प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here