आशावादी सहकारीको ७ औ बार्षिक सभा

0
745

चारआली ।

आशावादी बहुउद्देश्यीय सहकारी संस्थाले ७ औ बार्षिक साधारणसभा चारआलीमा सम्पन्न गरेको छ । मेचीनगर नगरपालिका –१३ मा प्रमुख कार्यालय रहेको संस्थाले विहीबार ७ औं बार्षिक साधारणसभा गरेको हो ।

संस्थाकी उपाध्यक्ष मिनादेबी खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरका सहकारी अधिकृत डिल्ली दाहालको प्रमुख आतिथ्यता तथा वडा नम्बर १३ का अध्यक्ष कृष्णराज सिग्देलको विशिष्ट आतिथ्य रहेको थियो । स्वागत संस्थाका सदस्य कालु मेचेले गरेको कार्यक्रमको सञ्चालन संस्थाका कार्यकारी ब्यवस्थापक बद्री महतले गरेको थिए ।

केहि समय अघि बन्द हुने अवस्था रहेको संस्था कार्यकारी व्यवस्थापक महतले समालेपछि भने क्रमश सुधार हुँदै गएको र चाँडै सदस्यको चाहाना अनुसार हुने संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकी उपाध्यक्ष खड्काले बताइन् । उनले संस्थाको खस्कदो अवस्थालाई सवै कर्मचारीको लगनशिलता, मेहनत, इमान्दारिता र संस्थाप्रतिको कर्तब्य निष्ठाले गुणस्तरीय सेवा प्रदान भएको भन्दै प्रशंसा गरेकी थिइन् ।

संस्थाले छोटो समयमा शेयर सदस्यबृद्धि, समुदायमा बढ्दै गरेको विश्वास नै संस्थाको पहिचान भएको उपाध्यक्ष खड्काले बताइन् । संस्थाका निबर्तमान अध्यक्ष र कार्यकारी ब्यवस्थापक बद्री महतले संस्थाप्रति खेलेको भुमिका र उनले पुर्याएको योगदान तथा देखाएको बाटो संस्थाको मेरुदण्ड सावित भएको उनको भनाई थियो ।

एकहजार ७ सय ४८ शेयर सदस्य पुरयाउन सफल संस्थाको गतबर्ष शेयर तथा बचत ९९ लाख ९१ हजार ३ सय ९७ रहेकोमा यस बर्ष २ करोड ३ लाख ९३ हजार ७ सय २० रुपैयाँ पुर्याउन सफल भएको संस्थाको प्रतिवेदनमा उल्लेख छ । गत बर्ष ३६ लाख १सय ८६ रुपैया ऋण लगानी रहेको संस्थाले यस बर्ष भने १ करोड ८ लाख ४९ हजार रुपैयाँ ऋण लगानी गर्न सफल भएको छ ।

कार्यक्रममा असल बचतकर्ता रिता परियार, राजमणि घिमिरे, कल्पना बिष्ट, मिना तामाङ, देवीका सिग्देल, यमुना गौतम र दिलिप मल्लिकलाई सम्मन गरिएको थियो । त्यस्तै एकला महिला रिणा राई, दुर्गा महत, उत्कृष्ट व्यवसायी बबुन मेचे, हंसकुमारी लावती, कार्यकारी व्यवस्थाक बद्री महत, सहायक व्यवस्थापक प्रतिक्षा घिमिरे, र बजार प्रतिनिधि सुनिता दुलाल र पुष्प भुजेललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि दाहाल र वडा अध्यक्ष सिग्देल, सामाजिक ब्यक्तित्व सुदर्शन वरालले शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here