मन्दिरलाई बाजा सामग्री

0
583

झापा,
सनातन धर्म र संस्कृति संरक्षण गर्ने उद्देश्यले दैनिक भजनकीर्तन कार्यक्रम आयोजना गर्दै आएको विर्तामोडको मुक्ति चोकस्थित हनुमान मन्दिरलाई बाजा सामग्री प्रदान गरिएको छ ।
वडा कार्यालयबाट रु ४३ हजार मूल्य बराबरको हार्मोनियम र ढोलक मन्दिरलाई हस्तान्तरण गरेको वडाध्यक्ष अग्नि पाण्डेले बताउनुभयो । उहाँले मन्दिरमा दैनिकजसो ज्येष्ठ नागरिक भेला हुने र भजनकीर्तन गर्दै आएकाले सो सामग्री उपलब्ध गराएको बताउनुभयो ।

मन्दिरमा भजनकीर्तन मण्डली नै गठन गरेर ज्येष्ठ नागरिक दैनिक भजनकीर्तन गर्नुहुन्छ । “भगवान्को नाममा भजन गाउँदा मनलाई आनन्दित तुल्याउछ”, ७० वर्षीय नन्दाप्रसाद बाँस्तोलाले भन्नुभयो,“एकातिर दुःख,पीडा, बेदना सबै भुलिन्छ भने अर्कोतिर हाम्रो मौलिक संस्कार र संस्कृति पनि संरक्षण भइरहेको छ ।”पौराणिक कालदेखि नै हिन्दू समाजमा पूजाआजा, गर्नाका साथै धार्मिक तीर्थस्थलमा भजनकीर्तन गर्ने र नाच्ने प्रचलन रहेको साहित्य चौतारीका जिल्ला अध्यक्ष देवीभक्त श्रेष्ठले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here