उदयपुरबाट गाँजा सहित दुई जना पक्राउ

0
560

उदयपुर ।

उदयपुरको चौदण्डिगढी नगरपालिका ४ नमुना चौकबाट गाँजासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरी सप्तकोशी नगरपालिका ९ कमलपुरका २९ बर्षिय जिबछ मण्डल र १९ बर्षिय रुपेश कुमार सरदार रहेका छन् ।

इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा स ११ प ९७९ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुको साथबाट ६ सय ग्राम गाँजा बरामद गरेको हो ।

पक्राउ परेका दुबैजनालाई मोटरसाईकल सहित ईलाका प्रहरी कार्यालय बेल्टारले थप अनुसन्धान गरिरहेको प्रहररीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here