ढुंगाले किच्दा एक जनाको मृयु

0
490

संखुवासभा।

संखुवासभाको चिचिला गाँउपालिका ३ सोलाखानीमा ढुंगाले किचेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अरुण तेस्रो जलविधुत आयोजनामा काम गर्ने कामदार भारत मध्य प्रदेश का ४५ वर्षीय मुगेरीलाल सिंह रहेका छन् ।

निर्माणाधिन सुरुङ भित्र काम गर्ने क्रममा अचानक माथिबाट ढुङ्गा झरेर किच्दा घाईते भएका सिंहलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएको थियो ।

उपचारको क्रममा सिंहको मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here