(नमीन ढकाल)
विश्वकपको फुटबलको २० औ संस्करणको अन्तिम चरणमा दुई महादेशका महारथीहरु आमने सामने हुने भएका छन । दक्षिण अमेरीकाबाट अजेन्टिना र युरोपबाट जर्मनीले आइतबार हुने फाइनलमा भिडन्त पक्का गरेका हुन । जर्मनले ऐतिहासिक खेल खेल्दै ब्राजिलाई ७–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । जर्मनको जितमा एन्ड्री स्कुल र टोनी क्रुजले समान २÷२ गोल,थोमस मुलर, सामी खदिरा र मिरोस्लाभ क्लोजले समान १÷१ गोल गरेका थिए भने ब्राजिलका तर्फबाट ९० औ मिनेटमा ओस्कारले सान्तवना गोल फर्काएका थिए । स्मरण रहोस विश्वकपको इतिहासमा सेमीफाइनल खेलमा यो नै सवै भन्दा ठुलो अन्तरको जित हो । त्यस्तै दोश्रो सेमीफाइनलमा पुर्व उपविजेता नेदरल्यान्डलाई पेनाल्टी सुट आउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिना फाइनल प्रवेश गरेको हो । निर्धारित ९० मिनेटसम्म खेल बरावरी भएपछि थपिएको ३० मिनेटमा पनि खेलमा कुनै गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो । जस्मा अर्जेन्टिनाको तर्फबाट म्याक्सी रोडिग्युज, सजियो अग्वइरो, जिकुइल गेरी र लियोनल मेसीले गोल गरेका थिए । यस्तै नेदरल्यान्डका ड्रिक क्युट र आर्जेन रोवेनले मात्र पोष्टको दिशा दिए भने बेस्ले स्नाइडर र रोन भ्लारको प्रहारले गोलको दिशा लिन सकेन । अजेन्टिनाको जितमा गोलकिपर सजिओ रोमेरो नायक बने । अर्को स्मरणीय कुरो के छ भने नेदरल्यान्डका गोल किपर जस्पर सिलेसनले अहिलेसम्म पेनाल्टी रोक्न सकेका छैन्न । नेदरल्यान्डका प्रशिक्षक लुइस भान गेलले दुई प्रमुख खेलाडीले पेनाल्टी हान्न नमानेपछि खेल हारेको प्रतिक्रिया दिए ।
लियोनल मेसी नेतृत्वमा अर्जेन्टिना र फिलिप ल्हामको नेतृत्वमा जर्मन मैदानमा उत्रने तयारीमा छन । हेड टु हेडका आधारमा सन १९९३ देखी अहिलेसम्म अर्जेन्टिना र जर्मन ८ पटक आमने सामने भएका छन जस्मा ४ खेलमा अजेन्टिनाले तथा १ मा जर्मनले बाजी मारेको छ भने ३ खेल बरावर भएको छ । जस अन्र्तगत विश्वकपमा खेलेका २ खेलमा दुवैमा जर्मनले जित हासिल गरेको छ । सन २००६ को विश्वकपको क्वाटरफाइनल खेलमा पेनाल्टी सुट आउटमा अजेन्टिना ४–२ ले पराजित भएको थियो भने सन २०१० को विश्वकपमा क्वाटरफाइलनमै ४–० को पराजय भोग्यो । फिफा कन्फिडिरेसन कपमा सन २००५ मा यि दुइ टोलीको भेट भएको थियो जुन खेल २÷२ गोलको बरावरीमा टुङ्गियो । ५ मैत्रीपुर्ण खेलमा नजिकीएका यि दुइ टोली मध्ये अजेन्टिनाले ४ खेल आफनो पक्षमा पा¥यो भने १ खेल बरावरी भएको थियो । गोलको कुरो गर्नुपर्दा अजेन्टिनाले जर्मनको पोष्टमा १२ वटा गोल गर्न सफल भयो भने जर्मनले पनि ११ गोल गर्न सफल रहयो यस अनुपातलाई हेर्दा दुवै टोलीको गोलको संभाव्यता लगभग उस्तै देखिन्छ । तर अजेन्टिनाको किपरको तुलनामा जर्मनका किपर केही श–शक्त देखिन्छ । उस्का गोलकिपर म्यानुअल नेउर गोल्डेन ग्लोब्सका दावेदार समेत हुन । यसको मतलब अजेन्टिनाका सजियो रोमेरो कमजोर हुन भन्ने चाही होइन तर यस विश्वकपमा उनले त्यती उत्कृष्ट खेल देखाउन सकिरहेका छैनन । जर्मन ९ पटक फाइनल पुगेको थियो जस्मा ३ पटक विजेता भयो भने ५ पटक उपविजेतामै चित बुझायो त्यस्तै ५ पटक फाइनल पुगेको अजेन्टिना २ पटक विजेता भयो भने ३ पटक उपविजेतामै चित बुृझायो । यस पटक पनि जर्मनको टोलीलाई जोएचिम लोले नै सम्हालेका छन भने २०१० मा म्यारोडोनाले सम्हालेको टोली अजेन्टिनालाई यसपटक अल्जेन्ड्रो सावेलाले सम्हालेका छन । जर्मन टोलीमा लुकास पोडोल्स्की, म्यानुअल नेउर, थोमस मुलर, सामी खदिरा, जेरोम बोएटिङ, फिलिप ल्हाम, म्याटस हमल्स, टोनी क्रुज, म्यासुट ओजिल, मारियो गोटजे लगायतका फर्ममा रहेका खेलाडीहरु जर्मन टिमा छन भने अर्जेन्टिनी टोलीमा पनि लियोनल मेसी, जाभियर मास्केरिनो, गोन्जालेज हिग्वुइन, सजिओ अग्वुइरो, एन्जेल डि मारिया, म्याक्सी रोडिग्युज, फेड्रीको फनान्डेज, सजिओ रामेरो, जिकीउल लेभेजी लगायतका खेलाडीहरु रहेका छन । यसरी हेर्दा दुवै टोलीको संभाव्यतालाई ५०÷५० को अनुपातमा राख्न सकिन्छ । तर यस विश्वकपमा देखिएको प्रर्दशनबाट जर्मन केही बलियो छ की भन्ने अनुमान लगाउन सकिन्छ तर यसको निर्णय आइतबारको फाइनल खेलबाट हुनेछ ट्रफि कस्को पोल्टामा जानेछ ।
rjnavin11@gmail.com