‘द्धन्दहरुको रुपान्तरणको लागि संवादको संस्कृति स्थापित गराउदैछौं’

0
649

संगीता थापा,राष्ट्रिय स्रोत व्यक्ति
प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपाल
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको मुख्य उद्देश्य र काम के हो ?
दिगो शान्तिको लागि उन्नत सम्वन्ध भन्ने मूल नाराका साथ स्थापना भएको यस प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको मूख्य उद्देश्य: प्राकृतिक श्रोतमा आधारित द्वन्द्वहरुको अध्ययन, अनुसन्धान, अभिलेखिकरण र प्रक्रियागत रुपान्तरणको माध्यमबाट श्रोतको उचित व्यवस्थापन गर्दै समाजमा दिगो शान्ति निर्माण र आम समुदायको जीवनयापन सहज बनाउन टेवा पुर्‍याउने रहेको छ ।
केन्द्रले अहिले के गरिरहेको छ ?
नेपालका १५ वटा जिल्लाहरुमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण अभियान संचालन गरिरहेको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण प्रक्रियामा काम गर्नको लागि तालिम प्राप्त स्रोत व्यक्ति र सहजकर्ताहरुको परिचालनबाट द्वन्द्वमा संलग्न पक्षहरुका वीच संवादको प्रक्रियाबाट सम्वन्ध सुधार सहितको दिगो समाधान खोज्ने कार्यमा क्रियाशिल रहेको छ ।
त्यस्तै यो संस्था आफैमा नयाा भएको हुनाले संस्थाको बारेमा सरकारी तथा गैह्र सरकारी निकायहरुका वीच र देशको नीति निर्माताहरु तथा सञ्चार क्षेत्रको वीचमा समेत संस्थाको स्थापनाको औचित्यता र द्वन्द्व रुपान्तरण नयाा प्रक्रियाको बारेमा जानकारी गराउने एवं सम्पर्क समन्वय गर्ने काम गर्दै आएको छ ।
संस्थाले हाल सम्मप्राप्त गरेको सफलता एवं सिकाइहरुलाई अभिलेखिकरण तथा प्रचार प्रसार गर्ने कामगर्दै आएको छ भने नेपालमा प्राकृतिक स्रोतको क्षेत्रमा रहेको द्वन्द्वहरुको अभिलेखिकरण गर्ने कामलाई समेत गर्दै आएको छ ।
त्यसैगरी समुदायका मानिसहरुका वीच आपसी सहमति भै सकेपछि सो सहमति कार्यान्वयनको लागि सम्वन्धीत अन्य निकायहरुकावीच समन्वय गराउने काम समेत गर्दै आएको छ ।
समग्र नेपालमा र झापामाप्राकृतिक स्रोतसंग सम्वन्धित कस्ता द्वन्द्व विद्यमान छन् ?
एउटै बाक्यमा भन्ने हो भने समग्र विवाद भनेको प्राकृतिक स्रोत माथिको पहुाच र नियन्त्रणको विषयलाई लिएर विवाद हुने गरेको देखिन्छ । खासगरी जमिन माथिको स्वामित्व र भोगचलन, पानीको प्रयोग तथा वन स्रोतको सदुपयोग र वनको सिमानाको विषयमा अधिकांश विवादहरु रहेको पाईन्छ । झापा जिल्लामा पनि यसै किसिमका विवादहरु रहेका छन् । तर हालको सन्दर्भमा विगत करिव ३ दशकदेखिको विद्यालय र किसानवीचको जमिन सम्वन्धी विवाद प्रमुख रहेको छ ।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले अहिलेसम्मकति र कस्ता द्वन्द्व हल गरेको छ ?
हाल सम्मभएको सफल अभ्यासहरुलाई हेर्दा करिव १९ वटा द्वन्द्वहरुमा सफलता प्राप्तभएको छ । द्वन्द्वमा संलग्नपक्षहरु र सरोकार राख्ने पक्षहरु स्वयंले संवादको प्रक्रियाबाट सबै पक्षको आत्मसन्तुष्टि सहितको समाधानका विकल्पहरुमा सहमति भएको छ । पश्चिमको कञ्चनपुरदेखि झापासम्म यस्ता सफलताहरु प्राप्त भएकाछन् । सामुदायिक वनको सिमाना विवाददेखि सिंचाई कुलोको प्रयोग, सामुदायिक वनको आन्तरिक सुशासन, सिमाना विवाद, खानेपानीको मुहानमा पहुाच जस्ता विभिन्न विवादहरुमा सम्वन्ध सुधार सहितको समाधान निकालिएको छ । झापामा प्रगति सा.व र ३४ घर सुकुम्वासी विचको द्वन्द्व रुपान्तरण भएको छ भने हालै असार ५ गते शान्तिनगर गडिगाउा उच्च मा.वि.र उच्च मा.विको जमिन कमाउने किसान वीचको ३४ वर्ष देखिको द्वन्द्व निरुपान्तरण भएको छ । स्थानीय स्तरमा रुपान्तरण भएको यि द्वन्द्वहरुमा कानुनी अड्चन रहेका कारण अन्य प्रकृया भने अगाडि वडिरहेको अवस्था छ ।
द्वन्द्व रुपान्तरण गर्ने तपाइहरुको प्रक्रिया कस्तो छ अर्थात द्वन्द्वको समाधान कसरी गर्नुहुन्छ ?
द्वन्द्व रुपान्तरण प्रकृया भनेको पहाड चढ्ने घुमाउरो वाटो जस्तै हो । जसरी पहाड चड्दा फेदीवाट सोझै शिखरमा नगई विभिन्न घुम्तिहरु घुमेर गइन्छ र मात्रै अन्त्यमा पहाडको शिखरमा पुगिन्छ । त्यसैगरी एउटा द्वन्द्वलाई रुपान्तरण गर्दा थुप्रै घुमाउरा वाटाहरु हुादै जानु पर्छ । यसका विभिन्न चरणहरु छन जस्तै १. पूर्व तयारी २. द्वन्द्वको नक्सांकन ३. द्वन्द्वमा संलग्न पक्षहरुसंग पहिलो छलफल ४. द्वन्द्व रुपान्तरण सहयोगि समूह गठन ( माकुरा समूह ) ५. माकुरा समूहको तयारी, क्षमता विकास गोष्ठी ६. प्रकृया प्रस्तावका लागी पक्षहरुसंग अलग–अलग छलफल ७ . समिक्ष तथा प्रकृया प्रस्तावका लागि खेस्रा तयारी ८.प्रकृया प्रस्ताव तयारीका लागि संयुक्त वैठक ९ . द्वन्द्वरत पक्षहरुसंग सवालका लागि धारणा संकलन १०. माकुरा समूहको बैठक तथा साझा खेस्रा सवालको खेस्रा तयारी ११. प्रस्ताविक साझा सवालमा छलफल १२. साझा सवाल पारितका लागि संयुक्त वैठक १३. विकल्प पहिचानका लागि द्वन्द्वरत पक्षहरुसंग अलग–अलग धारणा संकलन भेटघाट छलफल १४. माकुरा समूहको वैठक र सम्भावित साझा विकल्पको खेस्रा तयारी १५. प्रस्ताविक साझा सवालको वारेमा द्वन्द्वरत पक्षहरुसंग छलफल १६. साझा विकल्प पारितका लागि संयुक्त वैठक १७ .सहमति कार्यान्वय र अनुगमन यि प्रकृया पुरा गरिरहदा सम्पूर्ण काम माकुरा समूहको अगुवाईमा सम्पन्न हुन्छ । हामी बाहिरवाट जाने सहजकर्ताले प्रकृयाको कुरा मात्र जानकारी गराउने काम हुन्छ । यो प्रकृयामा तेस्रो पक्षवाट निर्णय लिने होइन सम्बन्धित पक्ष आफै संवादको माध्यमवाट आफैले समाधान निकाल्ने प्रकृया हो । विभिन्न चरणहरुको माध्यमवाट द्वन्द्वरत पक्षहरुसंगको वारम्वार भेटघाट, समन्वय र वैठक छलफल मार्फत प्रत्यक्ष उनीहरुको सहभागितामा र क्रियासिलतामा वाहिरी रुपमा देखिएका द्वन्द्वका कारकलाई मात्रै नहेरी भित्री रुपमा लुकेर वसेको कारक तत्वलाई समेत खोतलेर दिगो रुपमा रुपान्तरण गर्ने नै यसको प्रकृया हो ।
यो प्रक्रिया कत्तिको प्रभावकारी भएको छ ?
विगतदेखि वर्तमान सम्मका द्वन्द्व समाधानका प्रयासहरुलाई हेर्ने हो भने द्वन्द्व समाधानका लागि बुद्धिजिविहरुको निर्देषनमा, धार्मिक रितिरिवाज अनुसार देवी देवताको कसम ख्वाएर, प्रहरी प्रशासन लगाएर, अदालती प्रकृयावाट थुप्रै विधिहरु प्रयोग भएको देखिन्छ तर, यी तरीकावाट झगडा मलाउादा तत्काल बाहिर देखिएका समस्या हल भए जस्तो देखिए तापनि भित्री रुपमा झगडामा संलग्न मानिसहरुको फाटेको मन नजोडिएको कारण पटक–पटक झगडा बल्झिरहेने वाजेको पालाको द्वन्द्व नातीले मनमा इगो लिइरहेको कारण जुन सुकै वेला झडप हुने अवस्था प्रसस्त पाइन्छ । तर द्वन्द्वको गहिरो अध्ययन गरी गरिने यो प्रकृयाले सम्वन्ध सुधार सहितको रचनात्मक समाधानले समाजको शान्तिपूर्ण परिवर्तनमा योगदन पुुुर्‍याउनुका साथै द्वन्द्व रुपान्तरण प्रकृया अन्तर्गत जति पनि द्वन्द्व रुपान्तरण भएका छन् ति द्वन्द्व बल्झिएको छैन, द्वन्द्वरत पक्षहरुमा सुमधुर सम्वन्ध छ । गाउामा शान्ति स्थापना भएको छ । प्राकृतिक श्रोतमा देखिएका द्वन्द्व भएका ठाउाहरुवाट रुपान्तरण प्रकृयामा काम गर्न माग भइरहेको अवस्था छ । त्यसैले यो प्रकृयालाई प्रभावकारी रुपमा मान्न सकिन्छ । तथापी यो प्रकृया नयाा भएका कारण सवैलाई यो प्रकृयाको वारमो जानकारी गराउन आवश्यक छ ा
तपाई त सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रीय सदस्य पनि । सामुदायिक वनमा भएका द्वन्द्वलाई कसरी हेर्नु भएको छ ?
विशेष गरी सा.व.मा वन पैदावर परिचालन, उपयोग, आर्थिक पारदर्शीता , वनको सिमाना विवाद जस्ता आन्तरिक कुरामा द्वन्द्व भएको देखिन्छ भने सा.वको अधिकारमा वेला वेलामा सरकारी हस्तक्षेपहरु हुने गरेकाले यस्ता द्वन्द्वहरुमा द्वन्द्वरत पक्ष द्वन्द्वमा सरोकार राख्ने सवै पक्षसंग संवादको माध्यमवाट नै दिगो समाधानको उपाय खोज्नु पर्छ ।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आगामी लक्ष्य के छ ?
यस संस्थाको आगामी लक्ष्य भनेको स्थानीय समुदायमा हुने गरेका प्राकृतिक स्रोतमा आधारित द्वन्द्वहरुको रुपान्तरणको लागि संवादको संस्कृति स्थापीत गराउने र समग्र समाजको शान्ति निर्माण कार्यमा टेवा पुर्‍याउने हो । स्थानीय समुदायमा रहेका द्वन्द्वहरुको दिगो समाधान गरी श्रोतको दिगो र समुचित व्यवस्थापनको माध्यमबाट समुदायका मानिसहरुको जीवनयापनमा समेत सहजता ल्याउने कार्यमा सहयोग पुर्‍याउनु हो ।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालमार्फत अब प्राकृतिक स्रोतसंग सम्वन्धित सवै द्वन्द्व हल हुन्छन् त ?
कतिद्वन्द्वहरु हल हुन्छन् भन्ने भन्दा पनि द्वन्द्व समाधानको लागि संवादको संस्कृति स्थापना गर्ने भन्ने हो । जव सम्वन्धीत पक्षहरु स्वयं संवादमा आउाछन् तव स्वत : द्वन्द्वको समाधान निस्कन्छ भन्ने विश्वास हामीलाई प्राप्त हुन थालेको छ ।प्रस्तुति : एकराज गिरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here