र्दुघटनामा मोटरसाइकल चालकको मृत्यु

0
540

मोरङ ।

मोरङको बेलबारी नगरपालिका ८ स्कुल राईरझार स्थितमा ट्रयाक्टर मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका २९ बर्षिय डम्बर थापा रहेका छन् ।साईडमा रोकी राखेको प्र १–०२–००३ त ०३८० नम्बरको ट्रयाक्टरमा को ५ प ५९५९ नम्बरको मोटरसाइकल ठक्कर खाँदा घाईते भएका मोटरसाइकल चालक थापाको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल पछाडी सवार सोही स्थानका २६ वर्षिय राजन पराजुली समेत घाईते भई सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here