छुरा प्रहारबाट एक जनाको मृत्यु

0
1083

सुनसरी।

सुनसरीको इटहरी उप–महनगरपालिका–४ स्थितमा आफ्नै सालोले छुरा प्रहार गर्दा भिनाजुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी–४ का ५१ वर्षीय मुरारी गिरी रहेका छन् । गिरीकै घरमा बस्दै आएका सालो १९ वर्षीय अर्जुन राईले गिरीको छातिमा छुरा प्रहार गरेका थिए ।

घाईते गिरीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

छुरा प्रहार गर्ने राईलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here