गुणस्तरीय शिक्षामा जोड दिन उप प्रमुख वास्तोलाको अनुरोध

0
391

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नगरका सामुदायिक विद्यालयहरुले पनि अंग्रेजी माध्यम अपनाई गुणस्तरीय शिक्षण सिकाई अघि बढाउँदै लान थालिएकोमा उच्च प्रशंसा गर्नु भएको छ ।

प्रमुख अतिथि वास्तोलाले बुधबार वडा नम्बर ९ स्थित सीता आदर्श आधारभूत विद्यालयमा शिक्षक सरोज तिम्सिनाको स्वागत, जंगबहादुर कार्की (भरत) को विदाई र विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष एवम जग्गादाता सन्तोष कठायतको सम्मान कार्यक्रममा सो कुरा बताउनु भएको हो ।

कक्षा ५ सम्मको सीता आदर्शले अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षामा जोड दिएकोमा प्रशंसा गर्दै उप-प्रमुख वास्तोलाले सवै सामुदायिक विद्यालयहरुले पनि गुणस्तरीय शिक्षा कार्यक्रम अघि बढाउनु आजको आवश्यकता रहेको उल्लेख गर्नु भयो । नगरपालिकाले गुणस्तरीय शिक्षाका लागि सक्दो सहयोग पुर्याउने समेत वचन दिनुभएको छ ।

सो अवसरमा वडा सदस्य कुरुक्षेत्र नेपाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष ललिता कार्की, नगरको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल, जग्गादाता सन्तोष कठायत, शिक्षक जंगबहादुर कार्की, सरोज तिम्सिना, पूर्व शिक्षक चन्द्रकान्त भट्टराई, समाजसेवी शान्तिराम खड्का र फडिन्द्र कार्कीले मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । सो अवसरमा अवकासप्राप्त शिक्षक कार्कीले विद्यालयका लागि ३० हजार १ सय ५ रुपैयाँ प्रदान गर्नुभयो भनें स्थानीय निर्मल पोखरेलले आफ्ना पीता रेवतीको स्मृतिमा ३० हजार १ सय १ रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभएको प्रधानाध्यापक रीता धिमालले जनाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here