कार्यपालिका बैंठकका विभिन्न निर्णय

0
544

पथरीशनिश्चरे,
मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाले आज सोमबार बैठक बसी विभिन्न निर्णय गरेको छ ।
नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकले नगरपालिकाबाट सञ्चालित वडा नम्बर २ को नगरअस्पतालका लागि तत्काललाई करार सेवामा २ जना एमबीबीएस डाक्टरको नियुक्ती गर्ने निर्णय गरेको छ । सोहि बैठकले वडा नम्बर ३ मा पशु अस्पताल निर्माणका लागि जग्गादाताबाट प्राप्त जग्गा वडा कार्यालयले रजिष्ट्रेशन गरी लिने पनि निर्णय गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जानकारी दिनु भयो । नगरका ३ घर परिवार आगलागी पीडितलाई विपद व्यवस्थापन शिर्षकमार्फत राहत उपलब्ध गराउने पनि निर्णय भएको छ ।
नगरमा संचालित ५ वटा कृषि पशु पकेट कार्यक्रमका प्रस्तावहरुलाई स्वीकृत गर्ने तथा वडा नम्बर १ मा नगरको जग्गामा निर्माण गर्ने व्यवसायिक भवन ९सपिङ कम्प्लेक्स० का लागि नगर विकास कोषसँग सम्झौताको प्रक्रिया अघि बढेको उल्लेख गरेको छ ।
बैठक सम्पन्न भएपछि कार्यपालिका सदस्यहरुको सहभागितामा नगर प्रमुख राईको अगुवाईमा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल सहितले धिमाल जातिलाई नगरको ‘पहिलो नागरिकको प्रमाणपत्र’ प्रदान गर्नु भएको थियो । पहिलो नागरिक धिमाल व्यवस्थापन समितिका संयोजक भूवन धिमाल सहितका अगुवाहरुलाई सो प्रमाणपत्र प्रदान गरिएको हो । नगरले यस अघि ०७५ असार १० गते धिमाल जातिलाई पहिलो नागरिक घोषणा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here