भुटानी शरणार्थी शिविरमा आगलागी

0
423

दमक, दमकस्थित बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ । बेलडाँगी २ को हट नम्बर सी २ छाप्रा नम्बर २०२ मा आगलागी हुँदा एक घर जलेको प्रहरीले जनाएको छ ।

तस्बीर : कपुरी अनलाइनबाट लिइएको हो ।
घरभित्र रहेको सबै सरसामान जलेर नष्ट भएको छ । सो घरमा भुटानी शरणार्थी रोहित महत बस्दै आएका थिए । उनी सो घरमा एक्लै बस्दै आएका थिए । आज दिउसो करिब ४ बजे घरमा कोही नभएको बेला अचानक आगो लागेको देखेपछि छिमेकीले दमकललाई खबर गरेका थिए ।
आगो करिब आधा घण्टापछि नियन्त्रणमा आएको थियो। महतका २ छोरी र श्रीमती हाल अमेरिकामा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here