पत्रकार नेतीले जन्मोत्सवमा विद्यार्थीलाई भोजन गराए

0
945

बिर्तामोड ।

झापाका एक पत्रकारले जन्मोत्सवको अवसर पारेर आफूले कखरा सिकेको विद्यालयमा रहेका विद्यार्थीलाई एकदिनको भोजन गराएर  आफ्नो जन्मोत्सव मनाएका छन् ।

बिर्तामोड–८ देवनीयामा रहेको शुक्रराज आधारभूत विद्यालयमा पत्रकार टिकाराम नेपाल (नेती)ले आफ्नो जन्मोत्सव मनाएका हुन् । शुक्रबार जन्मोत्सवको अवसर पारेर विद्यालयमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीलाई खाना, खाजा लगायतका व्यवस्था गरिएको थियो ।

दुई सय ५४ जना विद्यार्थी अध्ययनरत् विद्यालयमा एकदिनको भोजन गराएको नेतीले जानकारी दिए । आफूले शिक्षाको प्रारम्भ सोही विद्यालयबाट गरेको र त्यहाँको शैक्षिक तथा अन्य गतिविधिलाई अगाडि बढाउन सहयोग पुग्नुका साथै विद्यार्थीलाई पठनपाठनमा हौसला जगाउनका लागि पनि एकदिनको भोजन गराएको उनले बताए ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, प्रहरी प्रमुख सानुराम भट्टराई, श्री नयाँ श्रीनाथ गण चारआलीका प्रमुख सेनानी अमरजङ्ग थापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निषेश चापागाई लगायत सामाजिक क्षेत्रका अगुवाहरुको सहभागिता रहेको थियो ।

औपचारिक कार्यक्रम बिना नै भएको जन्मोत्सव समारोहमा सहभागीले विद्यालयको भौतिक पूर्वाधारको विषयमा जानकारी समेत दिएका थिए ।

विद्यालयका प्रधानाध्यापक कृष्ण सुवेदीले विद्यालयको अवस्था, शैक्षिक गतिविधि लगायतका विषयमा जानकारी गराएका थिए भने जिल्ला ट्राफिक प्रहरी कार्यालयले विद्यालयमा रहेका विद्यार्थीहरुलाई ट्राफिक सचेतनामूलक प्रशिक्षण समेत दिइएको थियो ।

कार्यक्रममा मारबाडी युवती मञ्च बिर्तामोडले पत्रकार नेतीको जन्मोत्सवको अवसरमा लडडु वितरण गरेका थिए । ।मञ्चकी अध्यक्ष ऋचा मंगल, निर्वमान अध्यक्ष मुनमुन अग्रवाल, सचिव पुजा पारिक(शर्मा) लगायतको टोली विद्यालयमा पुगेर लडडु वितरण गरेका हुन् ।  कार्यक्रममा मारवाडी महिला मञ्चको पनि सहभागिता रहेको प्रविन अग्रवालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here