इक्यान झापाद्वारा क्षमता अभिवृद्धि कार्यशाला

९ पुष २०७८, शुक्रबार मा प्रकाशित

बिर्तामोड ।

नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाले परामर्शदाताहरुको क्षमता अभिवृद्धिका लागि एकदिने कार्यशाला गोष्ठी आज सम्पन्न गरेको छ ।

बिर्तामोडमा भएको कार्यक्रममा परामर्शदाताहरुलाई अष्टे«लिया, युके र क्यानडाका विश्वविद्यालय, त्यहाँको भौगोलिक अवस्था, शिक्षा क्षेत्रको कानूनी व्यवस्था लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको हो ।

इक्यान झापाका अध्यक्ष सुमन शर्मा जमरकट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष शेषराज भट्टराई, सचिव वासुदेव दाहाल, केन्द्रीय सदस्य पुष्पराज भट्टराई, केन्द्रीय सल्लाहकार खड्ग ताम्लिङ लिम्बू लगायतले शैक्षिक परामर्शको विषयमा बोलेका थिए ।

जिल्लाका ३० भन्दा बढी शैक्षिक परामर्श संस्थाहरुको सहभागिता रहेको गोष्ठीमा केन्द्रीय अध्यक्ष प्रकाश पाण्डे, उपाध्यक्ष शेषराज भट्टराई, सचिव वासुदेव दाहाल र केन्द्रीय सदस्य पुष्पराज भट्टराईले प्रशिक्षण प्रदान गरेका थिए ।

इक्यान झापाका उपाध्यक्ष मिलन ओलीले स्वागत गरेको कार्यक्रममा अध्यक्ष सुमन शर्मा जमरकट्टेलले औचित्यमाथि प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन सचिव मदन बुढाथोकीले गरेका थिए ।

कार्यक्रममा क्वीन्सफोर्ड कलेज अष्टे«लिया, साउदिन एकाडेमी, अष्टे«लियन हार्बर कलेज, जे एल सि टी झापा लगायतका संस्थाहरुले इक्यान झापाको कार्यक्रममा सहयोग गरेको बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here