महाशिवरात्रि पर्व शिवजीको संझना

२८ फाल्गुन २०८०, सोमबार मा प्रकाशित

प्रत्येक बर्षको उत्तरार्धतिरको फाल्गुन कृष्णचतुर्दशीतीथि आराध्यदेव भोलेबाबा शिवशङ्करको विशेष संझना, आराधना गर्दै उत्सवको रुपमा मनाउने दिन । चन्द्रमासको चौधौं दिन अर्थात चन्द्रमा उदाउनु पूर्वको अघिल्लोरात महाशिवरात्रि पर्वको उल्लासमय रात, जस्मा पृथ्वीका जीवात्माहरुकालागि शक्ती अनि गुरुत्वाकर्षणको असाधारण वहाव रहनेभएकाले यो शक्ती शरिरमा लीन गराउन रातभर जाग्राम बसेर महाशिवरात्रिपर्व मनाउने सास्ंकृतिक प्रचलन वैज्ञानिक रुपबाट पनि महत्वपूर्ण देखिएकाले महाशिवरात्रि व्रतपर्वको अध्यात्मिक र सास्ंकृतिक महत्व अतुलनीय छ ।

बराहपुराणमा उल्लेख भएअनुसार पशुको अर्थ विद्या र पशुपति भन्नाले विद्याकापति र विद्याार्जनमा पशुपतिको आराधना, उपासनालाई महत्वपूर्ण मानिन्छ । शिवजीलाई धेरै नामबाट पुकारा गर्ने चलन छ– शङ्कर, महेश, महादेव, रुद्र, पशुपति, कैलासपति, भोलानाथ, शिवशङ्कर आदि । पौराणीक कालको मतानुसार पृथ्वीलोकमा हलाहलविषको दुष्प्रभावबाट आकुल जीवहरुलाई जोगाउन महादेवले हलाहलविष पिइदिंदा विषको तापले हरहर भएको शरिरलाई चिसो र शितलको खोजीमा गोंसाईंकुण्ड पु¥याएर शान्त गराउनुभयो ।

सतीदेवीको असामयिक निधनको वियोगमा वलिन्द्र आँसुकाधारा बगाउँदै लामो समयसम्म रातदिन नभनी मृतशरिर बोकेर अविरल घुमीरहँदाको पिडादायी यात्रा, सतीदेवीका शरिरका अङ्गहरु कुहिंदै बिसर्जन हुँदैगइरहेकाथिए, यस्तो दुखैदुखले भरिएको जिवनयात्रा, घमण्ड रहितको शक्तिशाली र प्रभावशाली ब्यक्तित्व सितिमिति पाइनु सरल नहोला तर संयोग हो, समयको अन्तरालले जाँहाजाँहा सतीदेवीको मृत शरिरका अङ्गहरु कुहिंदै बिसर्जन हुँदैगए ति सबैमा शक्तिपीठको उत्पत्ति र स्थापना हुँदा मानवजातिलाई शक्तीप्राप्ति र पूजा–आराधना गर्ने अवसर जुटेको छ ।

पौराणिक ग्रन्थहरुले बताएअनुसार शिवपरिवारको वासस्थान कैलासपर्वत हो । मानव विरुद्धका गतिविधिमा सम्लग्न अपराधीहरुलाई शान्त गराउँदै, नाश गराउँदै भ्रमण गरिरहने भएकीले माता पार्वतीका वासस्थानहरुलाई शक्तीपीठका रुपमा लिइन्छ, जसतो ताप्लेजुङको पाथीभरा ।

हिन्दू सस्ंकृतिका केही रात्रीकालिन अन्य पर्वहरुमा– शिवरात्रि– शिव भगवानको उपासना गर्ने रात, मोहरात्रि– श्रीकृष्ण भगवान जन्म भएको रात, कालरात्रि– हिन्दुहरुको महानपर्व बिजयादशमी अन्तर्गत महाअष्टमी र महानवमी बीचको रात र सुखरात्रि– त्यौहारमा घर वरिपरि चारैतिर दियो बालेर उज्यालो पारेर मनाउने गरिएको उज्यालो प्रतिरुप लक्ष्मीपूजाको रात ।

पूर्वका पशुपतिनाथको नामले चर्चा पाएको झापाको अर्जुनधारा जलेश्वरधाममा महाशिवरात्रिव्रत पर्व धूमधामसँग मनाउने चलन छ । धार्मिक र सास्ंकृतिक रुपमा मनाइने “महाशिवरात्रिव्रत पर्व” हिजोआज सबै शिबमन्दिरहरुमा मनाइन्छ । हिमवत्खण्ड नेपाल माहात्म्यमा महाशिवरात्रि पर्वको प्राचिनकालको मुख्यकेन्द्र काठमाण्डौ उपत्यका “पाशुपत्क्षेत्र” भनि उल्लेख गरिएको पाइन्छ । यसै महत्वका कारण शिवरात्रिपर्वको उत्सवका उपलक्ष्यमा अनन्य श्रद्धा, आस्था र विश्वास बोकेर पशुपतिनाथको दर्शनलाई छिमेकी मुलुक भारत र नेपालका बिभिन्न भागबाट आउने गरेका साधुसन्त र भक्तजनहरुको घुईंचो बिहानै देखि पशुपति मन्दिरबाट रिङरोड हुँदै एयरपोर्ट गेट भन्दा परसम्म लाइनमा बसेकाहरुबाट नै देख्न सकिन्छ ।

यसरी नै सन् १९३५ बाट हरेक बर्ष नेपालमा महाशिवरात्री पर्वकै दिन सेनादिवस पनि मनाइने गरिएको छ । यसैदिन दिउँसो टुँडिखेलमा महत्वपूर्ण ब्यक्तित्वहरुको समुपस्थितिमा नेपाल सेनाद्धारा परेड र बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रदर्शन गरिने भएकाले अप्ठ्रयारो भएपनि जतिसूकै भीड भएपनि बारको फलामे डण्डीमा अडिएर कौतुहलपूर्ण रुपबाट उभिदंै, चेपिदै, रमाउँदै एकटक लगाएर दर्शनार्थीहरु वरिपरि बाक्लै रुपमा उपस्थित भएर हेर्ने गर्दछन् ।

गुठी सस्ंथान, रेडक्रस, हिन्दुपरोपकारसंघ र स्काउटहरुले आगन्तुक दर्शनार्थीहरुकालागि खानपीन र वसोवासको प्रवन्ध, सेवा र आवश्यक ब्यवस्था गरिरहेका देखिन्छन् । भक्तजनहरु बेलुकै देखि धुनीजगाउँदै, भजनकिर्तन गर्दै, रातभर जाग्राम गर्दै “पशुपतिनाथको जय” “पशुपति महादेवको जय” लगायतका नाराहरु गुञ्जयमान गराइरहेका देखिन्छन् । कास्मिरमा अमरनाथ, उत्तरप्रदेशमा केदारनाथ, त्यसरी नै गोसाईंथान र मुक्तिनाथमा समेत भव्यरुपमा मनाउने गरिन्छ । सबैमा पशुपतिनाथ नै शिव आराधनाकालागि हिमवत् क्षेत्रका प्रसिद्ध र प्रमुख धार्मिकस्थान मानिन्छन् ।

महाशिवरात्रि पर्व सन्दर्भसँग जोडिएको एक कथा पनि छ– जसअनुसार, कुनैसमयमा एकजना ब्याधा शिकारको खोजीमा हिंड्दा”हिंड्रदा घनाजङ्गलमा पुगेछ । रातपरुञ्जेलसम्म शिकार भेट्टाउन नसकेपछि थकान र हैरानीले दिक्कभएर पोखरीको छेउमा बेलको रुखमुनि बासबसेछ । थकान र दिक्दारीले मनमा कुरा खेलाउँदै, बेलपात टिप्दै फाल्दा नजिकै रहेको शिवजीको मूर्तीमा बाक्लै गरी छोपिएछ । नदेखी र नजानी भएपनि ब्याधाबाट अशल कार्य भयो । यत्तिकैमा त्याहाँ एउटी मृगिणी पानी खान भनेर आई । मृगिणी देखेर बल्ल शिकार फेला प¥यो भनी ब्याधाले धनुषबाण ठीक पार्नथालेकाले मृगिणीले हतार–हतार उसलाई अनुरोध गरी “शिकारी दाई कृपया मलाई अहिले नमार, किनभने घरमा दूध ख्वाउनुपर्ने मेरा सानासाना नानीहरुछन् । उनीहरुलाई घर गएर पहिले मेरो दूध ख्वाउँछु र फर्केर यंही आउँछु, अनि जे गर्छाैगर !” मृगिणीका कुराले मन पग्लिएर “हुन्छ” भनी धनुषबाण थन्क्याएर मृगिणीलाई जानदिएर पर्खंदै बस्यो । शिवजीका प्रतिमामा भएको बेलपात अर्पणले अन्तःकरणमा सत्वगुणको बिकाश र मनमा परिवर्तनहरु आउँदैथिए, केही समयपछि शर्तअनुसार मृग उसका सामु बचन प्रभावले देखापरी तर, उसले मृगमाथि धनुषबाण चलाउन सकेन ।

आज के भएर यसरी मेरो मन बिथोलियो ! भनेर ब्याधा बिचार गर्नथाल्यो, त्यत्तिकैमा “त्यो दिन फाल्गुणकृष्ण चतुर्दशी महाशिवरात्रिपर्व परेको र रातभरीको बेलपत्रको डंगुरमा शिवजीको मूर्ती रहेको थाहाभएपछि, प्रभू भोलेबाबाको कृपा र आशिर्वादका कारण मेरा ज्ञानचक्षु खुलेछन् भन्ने थाहा भएर, प्रभू भोलेनाथका शरणमा परेको ब्याधालाई शिवदूतहरु आएर शिवलोक लगेको प्रसङ्ग आउँछ, यसरी ईश्वरभक्तीबाट नै उत्तमगति प्राप्त हुनेरहेछ भन्ने ज्वलन्त उदाहरण बन्न पुगेको रात हो यो ।

श्रीमद्स्कन्धमहापुराणको हिमवत्खण्डमा तीर्थमयी पावनभूमी नेपालमा पशुपतिनाथको प्रभाव अतुलनीय र अवर्णनीय रहेको उल्लेख छ । संसारमा सबैकुरा शिवतत्वबाटै आउँछ र शिवतत्वमै मिल्छ, त्यसैले शिवतत्वलाई चिन्न र आत्मसात गर्न धन, जन वा तन त्यागेर होइन, शिवशङ्कर भोलेबाबालाई अत्यन्त मनपर्ने वस्तु गाँजा, भाङ, धतुरो हुन् भन्ने बहाना राखेर होइन, सत्यनिष्ठ र एकाग्रचित्त भएर रिस, राग र अहंकार मूक्त सच्चा शिवभक्त बनेर, यो अनमोल जीवनलाई अशलमार्ग उन्मुख गराउँदै महाशिवरात्रि व्रतपर्वलाई अनमोल र जीवनको अभिन्न अङ्ग मानेर आस्था र विश्वासले हर्षोल्लास पूर्वक, जुटेर, मिलेर, रमाउँदै मनाऔं !! यसैका सबैको कल्याण मानौं, जयशम्भो, हार्दिक शुभकामना !!!

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here