सवारी दुर्घटनाबाट महिलाको मृत्यु

0
684

सुनसरी ।

सुनसरीको इटहरी उप–महानगरपालिका–४ स्थित कोशी लोकमार्गमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी इटहरी उप–महानगरपालिका-४ कि ६५ बर्षिया देबी खड्का रहेको प्रहरीले जनाएको छ । धरान तर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ८६५२ नम्वरको ट्रकले पैदल खड्कालाई ठक्कर दिएको थियो ।

घाईते खड्काको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो । दुर्घटना गराउने ट्रक र चालक तेह्रथुम जिरीखिम्ति-६ का पेम्वा शेर्पालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here