‘पार्टीको मार्ग निर्देशन भन्दा बाहिर गए निर्मम अनुशासनको कार्वाही गरिने’

0
710

पथरीशनिश्चरे,

नेकपा-माओवादीकेन्द्र प्रदेश कमिटी सदस्य दिनानाथ तिम्सिनाले पार्टीको मार्ग निर्देशन भन्दा बाहिर गएर गतिविधि गर्नेलाई पार्टीले निर्मम भएर अनुशासनको कार्वाही गर्ने बताएका छन् । बुधबार माओवादी केन्द्र पथरीशनिश्चरे नगर कमिटीको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले वडा अधिवेशन, नगर अधिवेशनमा जांदै गर्दा जनसहभागिता उत्साहजनक पाएपछि हामी हौसिएका छौँ भने । ‘अब हाम्रो कांधमा जिम्मेवारी थपिएको छ’– उनले भने ‘एक जना नगर कमिटी सदस्यले पाँच वटा टोल कमिटी आनिबार्य बनाउनुपर्‍यो ।’ तिम्सिनाले सबै वडामा जनबर्गीय संगठन निर्माण गर्न निर्देशन समेत दिए । सबैले आ–आफ्नो ठाँउबाट लागि परेमा स्थानीय चुनावमा माओवादीले जित्ने दाबी उनले गरे ।

सो अवसरमा प्रदेश कमिटी सदस्य एवम् संविधानसभा सदस्य लालबहादुर सुस्लिङ्ले पार्टीका विभिन्न अधिवेशनमा धेरै साथीहरु छुट्नु भएकोमा दुःख व्यक्त गर्दै आगामी दिनमा उनीहरुलाई विभिन्न जनवर्गीय संगठनमा जिम्मेवारी दिइने बताए ।

उनले कम्युनिष्ट पार्टीमा महिनामा कम्तिमा १ दिन जनतामाझ पुगेर जनश्रमदान गर्न आवश्यक रहेको आग्रह गरे । उनले पार्टी कार्यकर्तालाई पदको लागि मरिहत्ते नगरी इमानदारी पूर्बक आफुले सक्ने जिम्मेवारी मात्र लिन पनि आग्रह गरे ।नगर कमिटीको प्रथम पूर्ण बैठकमा प्रदेश कमिटी सदस्य लीला कटुवाल रञ्जुले पार्टीको बैठकका गुनासा तथा असहमतिहरुका कुरा बैंठकमै राखेर समाधान गर्न पनि आग्रह गरिन् ।

नगर कमिटी उपाध्यक्ष गोबिन्द कटुवालले स्वागत मन्तव्य व्यक्त राख्नु भएको उक्त बैठकमा नगर अधिबेशनबाट निर्बाचित भइ सपथग्रहण गर्न बांकी नगर कमिटी सदस्यहरुलाई प्रदेश कमिटी सदस्य एबम् सम्बिधानसभा सदस्य लालबहादुर सुस्लिङ मगरले सपथ ग्रहण गराएका थिए । बैठकमा नगर कमिटीमा निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियोे । सबैवडाबाट रिपोर्टिङ गर्नुको साथै नगर उपाध्यक्ष प्रेम ढकालले नगर तथा वडा अधिबेशनको समिक्षा गरेका थिए ।

सो अबसरमा प्रदेश सदस्यलाई सम्मान समेत गरिएको थियोे । बैंठकमा नगर प्रमुख दिलिपकुमार राईले वडा अध्यक्ष गोबिन्दबहादुर भण्डारीलाई गरेको दुव्र्यवहार प्रती भर्त्सना गर्दै दुबै पक्षलाई एक ठाँउ बसेर काम गर्ने वातावरण बनाइने निर्णय भएको नगर अध्यक्ष चेतन दाहालले जानकारी दिए ।

बैठकले विभिन्न बिभागीय प्रमुखको र नगरका १० वटै वडाका ईन्चार्जको जिम्मेवारी समेत तोकिएको नगर सचिव मोहन लिम्बूले जानकारी दिए । नगर सचिव लिम्बूका अनुसार सूचना सञ्चार प्रमुखमा मोहन भट्टराई, उप–प्रमुखमा सुमन कुरुङ्वाङ, सुकुम्बासी मानबहादुर विश्वकर्मालाई जिम्मेवारी तोकिएको छ ।

यस्तै, वडा नं. १ को ईञ्चाजमा भुवनसिंह लिम्बू, वडा नं. २ को देवीप्रसाद ढकाल, वडा नं. ३ को टंक पराजुली, वडा नं. ४ को ध्रुवकुमार बराईली, सह–ईञ्चार्जमा महेन्द्र तिम्सिना, वडा नं. ५ को अर्जुन अमात, वडा नं. ६ को वीरबहादुर तिम्सिना, सह–ईञ्चार्जमा कमल कटुवाल, वडा नं. ७ को ओमप्रसाद राई, वडा नं. ८ को धनबहादुर मगर, वडा नं. ९ को ईञ्चार्ज रामचन्द्र लिम्बू, सह–ईञ्चार्ज कृष्ण बस्नेत र वडा नं. १० को केशव कुरुङवाङलाई जिम्मेवारी तोकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here