आदर्श आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण

0
522

भद्रपुर ।

भद्रपुर–३ बैसाबारीस्थित आदर्श आधारभूत विद्यालयका विद्यार्थीलाई जाडोको न्यानो पोसाक र शैक्षिक सामग्री वितरण गरिएको छ ।

विपन्न, गरिब तथा पिछडिएका समुदायका बालबालिका अध्ययनरत नगर क्षेत्रका सामुदायिक विद्यालयहरूलाई शैक्षिक सामग्री वितरण गर्ने अभियान अन्तरगत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नगर समिति भद्रपुरले आइतबार आदर्श आधारभूत विद्यालयलाई सामग्री वितरण गरेको हो ।

राप्रपाले विद्यालयमा अध्ययनरत ९२ जना विद्यार्थीलाई सुइटर, कपि कलम, बिस्कुट र चकलेट वितरण गरेको नगर अध्यक्ष राधा कार्कीले बताइन् । विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष मोदीलाल गणेशको अध्यक्षता तथा राप्रपाका क्षेत्रीय अध्यक्ष नवराज पनेरु (राजु)को प्रमुख आतिथ्यमा भएको वितरण कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक ललित लिम्बुले राखेका थिए ।

साथै कार्यक्रममा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यवस्थापन समितिका संस्थापक अध्यक्ष मोदीलाल गणेश र गोपी तातीलाई टोपी र दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष गणेश, राप्रपाका क्षेत्रीय अध्यक्ष पनेरु, राप्रपा नगर अध्यक्ष कार्की, पत्रकार गोपाल गिरी लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षक सुरज बास्कोटाले गरेका थिए ।

राप्रपाले आफ्नो अभियान अन्तरगत भद्रपुर १ स्थित दीपक आधारभूत, श्री आधारभूत, श्री प्रावि र भद्रपुर ३ स्थित मेची आधारभूतलाई पनि शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here