भोजपुर।

भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ हिमाङमा ट्याक्टर दुर्घटनमामा परी सोही ट्याक्टरका सह–चालकको मृत्यु भएको छ ।
भोजपुरबाट घोडेटार जाँदै गरेको प्रदेश १–०२–००३ त ९४० नम्बरको टयाक्टर आफै अनियन्त्रित भई पल्टीदा ट्याक्टरका सह–चालक हतुवागढी गाउँपालिका–१ का रञ्जित सार्कीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।































