ब्राउनसुगरसहित झापामा दुई जना पक्राउ

0
299

झापा।

झापाको कचनकवल गाउँपालिका–५ बाट लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।

उक्त गाउँपालिकाको फुटागंज क्षेत्रबाट लागूऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा प्रहरी चौकी पाठामारीबाट खटिएको प्रहरी टोलीले कचनकवल गाउँपालिका–७ का २४ बर्षीय बिनोद बस्नेत र १८ बर्षीय निखिल रेग्मीलाई ५ ग्राम ६० मिलिग्राम लागूऔषध ब्राउनसगुर सहित पक्राउ गरेको हो ।

लागूऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here