पथरीशनिश्चरेमा हिसान मोरङ्गको वक्तृत्वकला प्रतियोगिता

0
449

पथरीशनिश्चरे,

पथरीशनिश्चरे नगरपालिकाका शिक्षा शाखा प्रमुख शालिकराम काफ्लेले हिसान मोरङ्गले पथरीशनिश्चरे नगरमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेर राम्रो काम गरेको प्रशंसा गर्नुभयो ।

उहाँले आज शुक्रबार नगरस्थित गोर्खा डिपार्टमेन्टको सभाहलमा उच्च शिक्षा तथा मावि संघ( हिसान) मोरङले आयोजना गरेको जिल्लास्तरीय + २ वक्तृत्वकला प्रतियोगितामा सो कुरा बताउनुभएको हो ।

प्रतियोगितामा भानु मेमोरियल, विराटनगरको रूपेश श्रेष्ठ प्रथम भएका छन् भने द्वितीय शिक्षा सन्देश माविकी दिक्षा कार्की भएकी छिन् । त्यस्तै , शिक्षादीप माविकी सविना गिरीले तृतीय स्थान हासिल गरेकी थिइन् भने सान्त्वना पुरस्कार भानु मेमोरियल, विराटनगरकी निष्ठा बस्नेत, अरनिको माविकी स्निग्धा कोइराला , कान्तिपुर कलेजका निरज चौधरीले प्राप्त गरेका थिए ।

प्रतियोगिताका विजेताहरूलाई क्रमशः प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कार स्वरूप ट्रफी , मेडल , प्रमाण पत्र सहित १० हजार , ७ हजार , ५ हजार तथा ३/३ हजार रुपैयाका दरले नगद रकम प्रदान गरिएको थियो ।

विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथि समेत रहनुभएका पथरीशनिश्चरे नगरपालिकाका शिक्षा शाखा प्रमुख शालिकराम काफ्ले, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल ,हिसान मोरङ्ग अध्यक्ष राजेश कार्की , सोहि कार्यक्रमका संयोजक समेत रहनुभएका। हिसान मोरङ्गका उपाध्यक्ष टि. एन. तिमिल्सिना समेतले पुरस्कार प्रदान गर्नुभयो ।

उक्त अवसरमा इलाका प्रहरी कार्यालय, पथरीका प्रमुख डिएसपी कृष्ण खड्का , नगर प्याव्सनका अध्यक्ष सुरेन्द्र लिम्बु, एन प्याव्सन पथरीशनिश्चरेका अध्यक्ष थिरप्रसाद आचार्य , पथरी वाणिज्य संघका महासचिव ईश्वर सापकोटा लगायतको उपस्थिति थियो ।

प्रतियोगिताका निर्णय मण्डलमा पथरी बहुमुखी क्याम्पसका प्रमुख चेतन पौडेल , लेटाङ क्याम्पसका उप- प्राध्यापक होमनाथ बराल र उर्लाबारी बहुमुखी क्याम्पसका सहायक प्राध्यापक केशव निरौला रहनुभएको थियो ।

मोरङ हिसान अध्यक्ष राजेश कार्कीको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रतियोगिताको संचालन हिसान मोरङ्गका सचिव दिनेश दहालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here