एक यथार्थ उदाहरण

0
419

अगाडिको अन्तिम हरफमा मुनाल दुःखको पीडा पोखेपछि मोहनले पनि आपूm मुम्बई आएको र केही काम गरी आप्mनै भूँडी पाल्न, कोठाभाडा तिर्न ठिक्क भएको र केही पैसा नकमाई घर नजाने अठोटले गर्दा यस्तो भएको हो । मोहनले भने– मुना ! मलाई माफ गरिदेऊ । मुनाले हाँसी–हाँसी ती कुराहरूलाई बिर्सिदिइन् । आपूmलाई दुःख भए पनि हाँसी–हाँसी मोहनसँग माया पिरतीको एक कसिलो प्रेमको अङ्कमाल गरिन् । आज मोहन घर छोडेर हिँडेको एक वर्ष भएछ । मुना मुम्बई गएको केही महिनापछि उनी पनि पतिसँगै बसेर केही गर्ने वाचा गरिन् । दुबै जनाले काम गरेपछि केही रुपैयाँ जम्मा भएछ । मुना झण्डै एक वर्ष मुम्बई बसेर काम गरिन् । उनीहरूसँग पैसा भएपछि आप्mनै गाउँमा जाने र आपूmले पाउने अंश लिने अनि त्यही अंशको जमिनमा एउटा सानु झुपडी बनाएर बस्ने सोच मुना र मोहनको भयो । त्यसैले एकदिन उनीहरूले काम छोडेर आप्mनै पुख्र्यौली थलोमा जाने भनेर मुम्बईबाट आप्mनै थलातिर फर्किए ।

आपूmहरूले पाउने अंश दाजुहरूबाट लिएर त्यही अंशको जमीनमा एउटा झुपडी बनाए । उनीहरूले जे सोचेर मुम्बईबाट आएका थिए, ठिक त्यस्तै भयो । तर, अब काम भने केही छैन कसरी गुजारान् गर्ने भन्ने कुराले सताउन थाल्यो । मुनाले मोहनलाई भनिन्– तपाईका बुबाका जजमानहरू धेरै रहेछन् । ती जजमानहरूको घरमा पूजाआजा, श्राद्धादि कार्य कसले गर्ने ? अब त्यो कार्य तपाईबाट सम्पन्न हुनुपर्छ । बाहुन नहुँदा जजमानहरूलाई पनि कष्ट भएको छ । तपार्ईले त्यो कार्य समालिदिए राम्रो हुने थियो जस्तो लाग्छ । हाम्रो पनि गुजारान् चल्ने थियो । तर, तपाईको कर्मकाण्ड गर्ने अनुभवमा अलि कम भएको कारणले तपाईलाई म एउटा सल्लाह दिन्छु भनेर श्रीमानलाई मुनाले भनिन् । त्यसपछि मोहनलाई अध्ययनका लागि बरु वृन्दावन जानुहोस् पनि भनिन् । केही वर्ष अध्ययन गरेपछि अनुभव हुन्छ अनि घरमै बसी–बसी जजमानहरूको काम गरिदिनुपर्छ भनेर मुनाले यस्ता कुरा गरेपछि मोहन ढुक्क भएर तिमीले ठिक कुरा ग¥यौ मुना ! ल म अब वृन्दावन अध्ययन गर्न जान्छु भने मोहनले ।

निबन्ध

आपूmहरू अलग भएको र श्रीमान पढ्न जाने कुराले मुना दुुःखी अवश्य भइन् । तर, सँगै बसेर पनि के गर्ने ? एक, दुई वर्ष बरु कर्मकाण्डको काम पूर्णरुपमा जान्ने भएर आएपछि राम्रै हुन्थ्यो होला भन्ने सोचेर मुनाले मोहनलाई पठाउनै उचित देखिन् । आज मोहन वृन्दावन जाने दिन । मुनाले कपडाहरू ठिकठाक गरी बाटामा खाने केही पकवान झोलामा सुरक्षित गरिकाले हाली दिइन् । मोहन वृन्दावन जान तयार भए । दुबैले छुट्ने बेलामा एकार्कासँग अङ्कमाल गरे, दुबैका आँखाबाट आँशुका धारा बगे । मुनाले भनिन्– के गर्नु र तपाईलाई टाढा पठाएर मलाई ढुक्क हुन्छ र ? दुई वर्षका लागि जाने हो, तर मलाई २० वर्ष जति हुन्छ । अहिले दुःखको घडीमा मुख हेरोर मात्रै गरेर खान पाइँदैन । फेरि परिवार पनि बढ्दै जान्छन् । त्यसो हुनाले तपाईले त्यहाँ गएर साह्रै मेहनतका साथ पढ्नुहोला । यहाँ म ईश्वरसँग यही प्रार्थना गर्दछु ।

यति भन्दै छुट्टिने बेलामा मुनाले तर आँशु बगाइन्, मोहन भन्छन्– दुःख नमान मुना ! जीवन भनेकै यही हो, कहिले दुःख हुन्छ त कहिले सुख हुन्छ । म साह्रै ध्यान दिएर पढ्छु र चाँडै कर्मकाण्डमा निपुण भएर आउनेछु । तिमी चिन्ता नगर भन्दै मोहनले पनि आँशु बगाए । दुवै जना छुट्ने बेलामा अन्तिम अङ्कमाल गर्दै मोहन मुनाबाट विदा भएर वृन्दावदतिर लागे । मोहन गएको केही महिना बितेको थियो यता मुना गर्भवती थिइन् । केही महिनापछि प्रशव पीडा भयो । छिमेकीहरूले अस्पताल पु¥याए । अस्पतालमा छोरो जन्मियो । अब उनीहरूका एक छोरा एक छोरी र आपूm पति पत्नी गरी जम्मा चार जनाको परिवार भयो । मुनासँग पैसा थियोे । पहिलो सन्तान छोरी जन्मँदा जस्तो दुःख पाइनन् उनले, तर आप्mना भन्नेहरूबाट केही सहायता भएन । उनलाई उनका माइतीले नै सहयोग गरे । केही महिनामा मुना आपूm तन्दुरुस्ती भएपछि उनी मजदुरी गर्न पनि पछि हटिनन् ।

खानु र लाउनु अनि छोराछोरी पालनपोषण सबैतिर मुनाले भ्याइन् । श्रीमान कमाउन गएका होइनन् । उनी त अध्ययनका लागि सिलसिलामा गएका हुनाले त्यो समयमा पनि मुनाले ठूलो संघर्ष गरिन् । भएको रुपैयाँ सकियो, अब भने दुःखको सीमा छैन । त्यहाँभन्दा ठूलो कष्ट कसलाई पो होला र ! कहिलेकाहीँ हातमुख जोड्ने अन्न नभएर तातोपानी मात्र पिएर भए पनि बसिन् मुना । त्यस्तो अवस्थामा पनि आप्mना भनाउँदाहरूले उनलाई सहयोग गरेनन् । उनीहरू रमिते मात्र भए । मुनाले केही वर्ष दुःख पाइन् ।

उता मोहन पनि वृन्दावन पढ्न गएका हुनाले उनले ध्यान दिएर पढे । दुई वर्षसम्म लगनका साथ अध्ययन गर्दा उनको कर्मकाण्डको अध्ययनलाई कसैले छेक्न सकेनन् । पूर्वमध्यमा परीक्षा पास गरेरै छोडे । संस्कृतपट्टि पूर्वमध्यमा सकेपछि उनले घरको हालतपत्ला बुझेर आपूmले बुबाका जजमानहरूको कर्मकाण्डको कामलाई निरन्तरता दिने र जजमानको पनि खाँचो टार्ने दुवैतिर मलाई फाइदा हुने उनले देखेर । उनले हालको घरको स्थितिलाई पनि सम्झिए ।

दुई वर्षसम्मन कसरी मुनाले गुजारान् चलाइन् । उनलाई साह्रै कठिन् भयो होला । त्यो दुःखलाई मैले बुुभ्mनुपर्छ भनेर मोहन भोलि नै वृन्दावनबाट घर फर्किने निधो गरे । आज मोहन वृन्दावनबाट घर फर्किन दिन उनका दुई वर्ष आज भोलि गर्दै बित्यो । गुरुहरूसँग विदा भए उनी फस्र्याइला व्यक्ति हुनाले उनलाई सबैले मन पराउँथे । उनलाई रिस उठेको कसैलाई थाह हुँदैनथ्योे । सबैसँग मित्रताभाव राख्न सक्ने क्षमता भएका मोहन आप्mना र चिनेका छरछिमेकीहरूको भेटमा उनले शुरुमा ‘राधे राधे’ भनेर मात्र अरु कुरा गर्थे । चाहे बाटामा होस् चाहे घरमा होस् थाकेर आएका भोकाएका, तिर्खाएका भए पनि घरमा कोही आएमा सत्कारका साथ राधे राधे भनेर चिया नपिइकन जान दिँदैनथे । उनको जहिले पनि हँसिलो मुहार हुन्थ्यो ।

त्यसैले उनका जजमानहरूको लाइन लाग्न थाल्यो । वृन्दावनबाट घर आउँदा मुनाको हालत दखेर मोहनलाई ठूलो दुःख लागेको थियो । शुरु–शुरुमा अलि कष्ट भयो तर विस्तारै उनको काम चल्न थाल्यो । अब केही दिनदेखि नै मुनाले मजदुरी गर्न जान नपर्ने भयो । अब भने दुईछाक खान दुःख नहुने भयो । केही ऋण थियो, त्यो पनि उनीहरूले तिरिसके । आप््mनो काम चलेको देखेर दुबै जोइपोई दङ्ग भए । यस्तै गर्दै उनीहरूले घरको छानो कर्कटपाता र वरिपरि इँटाको गाह्रो टुसटाइपको घर बनाए । त्यो देखेर आप्mना भनाउँदाहरूलाई इष्र्या भयो । आउने जाने गर्थे, राम्रै बोल्थे, तर बाहिर कुरा काट्थे । ती कुरालाई मोहन र मुनाले वास्तै गर्दैनथे किनकि कस्तै अप्ठ्यारो परिस्थितिमा पनि उनीहरूको सहानुभूति सरसहयोग नभए पनि अरु छिमेकीबाट केही सहयोग मिलेको थियो ।

 

यस्तै राम्रै जीवनयापन हुँदै थियो । आप्mना नयाँ घरमा पनि सरे तर फेरि उनीहरूलाई त्यो घरमा एउटा ठूलो संकष्ट आयो । मुना छाँगाबाट खसे जस्तो भइन् । एक्कासी यस्तो दुर्घटना पर्ला भन्ने कुरा न मोहनलाई थाह थियो न त मुनालाई नै थियो । मोटरसाइकल दुर्घटना भई मोहन गम्भीर भए । उनी आप्mना जजमानकहाँबाट घर फर्किरहेका थिए । योे ठूलो दुर्घटना थियो, मोहन अचेत अवस्थामा लडेका थिए । केहीपछि मात्र घरमा खबर पुग्यो । श्रीमानको त्यस्तो हालत देखेर मुना आतेसमा परिन् । मोहनलाई हस्पिटलमा राख्नुपर्ने भयो । रुपैयाँ निकै लाग्ने भयो । घर बनाई सकिएको मात्र थियो । उनीहरूसँग ठूलो रकम भने थिएन तर केही रकम श्रीमानले कमाएको जेथो दानदातव्यबाट आएको सोना चाँदीहरू यस्तै अलि–अलि गरी जम्मा गरिन् । मुना भन्छिन्– ‘श्रीमान ठिक भए पैसा त कमाई हालिन्छ नि । मुनाले यस्तै जोगाड गरेका चिजबीज बेच्दै गइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here