पूर्वप्रधानमन्त्री ओली हिड्ने सडकमा स्थानीयवासीले लगाए ढाट

0
647

झापा,

 

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हिड्ने सडकमा स्थानीयवासीले अघिल्लै दिन ढाट लगाएका छन् ।

झापाको शिवसताक्षी नगरपालिका वडानम्बर ८ झिलझिलेमा ५० करोडको लागतमा निर्माण भएको वाटर किङ्डम पार्कको उद्घाटनका लागि पूर्वप्रधानमन्त्री ओली आईतबार आउने कार्यक्रम थियो ।

पूर्वपश्चिम राजमार्गको झिलझिलेबाट दक्षीण ४ सय मिटर सडकमा परेको खाल्टाखुल्टीमा शिवसताक्षी नगरपालिकाले माटो पुरेर आँखामा छारो हाल्ने काम गरेको भन्दै स्थानीयले पालिकाको विरोध गर्दे ढाट लगाएका हुन् ।

नगरप्रमुख चन्द्रकुमार सेर्माले बिहीबार नै सम्बन्धित वडाका वडाध्यक्षलाई सडकमा परेका खाल्टा पुर्न का लागि अख्तियारी दिएका थिए । तर परेका खाल्टामा वडा पालिकाले माटो ल्याएर पुरेको भन्दै स्थानीयले सोको विरोध गर्दै ढाट लगाएको बताए । ‘हाम्रो विरोध होइन, खवरदारी मात्र हो । पालिकाले लापावाही गर्नु हुन्न,’ स्थानीयलले भने ।

नगर प्रमुख शेर्माले खाल्टाखुल्टी पुर्न आवश्यक बजेट नगरपालिकाले व्यहोर्ने समेत बताएका थिए । स्थानीयले परेका खाल्टाखुल्टीको लागि ल्याएको माटो तत्काल फिर्ता लगेर कालोपत्रे गर्न समेत माग गरेका छन् । दुई वर्ष देखी सो सडक जीर्ण थियो ।

पुर्व प्रधानमन्त्री ओली भोली झापा आउने कार्यक्रम छ । दिउसो १२ बजे उनले भव्य समारोहका विच वाटर किङडम पार्कको औपचारिक उद्घाटन गर्ने छन् । यसका लागि सडक बाहेक सबै तयारी भइसेको शिवसताक्षी नगरको पार्टी स्थानिय कमिटीले जनाएको छ । ओलीले पार्क उद्घाटन गरेपछि २५६ लामो र ५८ फिट उचाइको जीप लाइन खेल्ने कार्यक्रम रहेको पार्क संचालक राजकुमार संग्रौलाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here