शनिश्चरे–अर्जुनधारा खानेपानीको २७ औं सभा सम्पन्न

0
572

अर्जुनधारा ।


झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २७औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

समितिका अध्यक्ष शंकर सुवेदीको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि समितिका सल्लाहकार संयोजक एवम् संस्थापक अध्यक्ष केदारमणी ढकालले उद्घाटन गरेका थिए । कार्यक्रममा समितिका अध्यक्ष सुवेदीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र सचिव किरण शिवाकोटीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा संस्थाको गत आर्थिक वर्ष ०७७/०७८को जम्मा आम्दानी ७७ लाख नौ हजार चार सय ६४ रुपैयाँ २१ पैसा, जम्मा खर्च ७२ लाख ७७ हजार नौ सय ७१ रुपैयाँ ५३ पैसा, चालु आर्थिक वर्ष ०७८/०७९ मंसिर सम्मको जम्मा आम्दानी २५ लाख ८३ हजार तीन सय २५ रुपैयाँ ७४ पैसा र जम्मा खर्च २३ लाख एक हजार ५८ रुपैयाँ ५५ पैसा उल्लेख गरिएको छ ।

 

कार्यक्रममा नगर प्रमुख हरिकुमार राना, नेपाली काँग्रेस नगर सभापति हेमप्रसाद खरेल, पूर्व सल्लाहकार समितिका संयोजक कृष्णप्रसाद मिश्र, सल्लाहकार सदस्यहरु रामप्रसाद भट्टराई, लवकुश गिरी र शिवकुमार राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समितिकी सदस्य गंगादेवी कटुवालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव शिवाकोटीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here