मेकअप सम्बन्धी तालिममा आकर्षण

0
601

धर्मेन्द्र मामा, बिर्तामोड ।

झापाका महिला तथा युवतीहरु स्वरोजगार बन्ने अभिप्रायले ब्युटी पार्लर तथा मेकअप सम्बन्धी तालिम लिन इच्छुक देखिएका छन्।

सीप सिकौ स्वरोजगार बनौ भन्ने नाराकासाथ झापाको ब्रिटिश ल्यांग्वेज एण्ड आइटी इन्स्टिच्युट ले सञ्चालन गरेको तिनमहिने सौन्दर्य कला सम्बन्धी तालिममा झापाली महिलाहरूको उल्लेख्य सहभागिता रहेको पाइएको छ। झापाका मुख्य शहरहरु बिर्तामोड बुधवारे धुलाबारी सुरुङ्गा दमक चन्द्रगढी लगायतका स्थानमा तालिम सञ्चालन भइरहेको छ।

त्यहाँ सञ्चालित ब्युटिपार्लर एवं मेकअप स्टुडियो लगायत सौन्दर्य सामग्री उत्पादक संस्था सुभानी सप्लायर्स संगको सहकार्यमा सौन्दर्य कला तालिम सञ्चालनमा ल्याइएको संस्थाका प्रमुख वत्सल भट्टराईले जानकारी दिए।

आगामी चैत्र मसान्त सम्ममा तीन सय जना महिलाहरुलाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको तालिममा हाल एक सय पचास महिलाहरु तालिम मा व्यस्त रहेको भट्टराईले जानकारी दिए। सिटिइभिटी को कोर्समा आधारित उक्त तालिम पश्चात सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गर्न सिटिइभिटी मार्फत परीक्षा गराई आधिकारिकरुपमा सौन्दर्य व्यवसाय सञ्चालन गर्न सहज हुने भट्टराईको भनाई छ।

तालिमको कोर्स पूरा गर्न सहभागीहरुले दश हजार शुल्क बुझाउनुपर्नेछ जुन बाहिरी बजारमा चलेको शुल्क भन्दा धेरै नै सस्तो पर्छ। अहिले बजारमा उक्त कोर्षको शुल्क पचिस हजारदेखि चालिस हजारसम्म रहेको छ। तालिम पश्चात आफू स्वयंले पनि ब्युटिपार्लर सञ्चालन गर्नसक्ने र वैदेशिक रोजगारमा जानेहरुले पनि राम्रो अवसर पाउन सक्ने सहभागीहरुले बताएका छन्।

सहभागी हुन चाहनेहरुले आगामी माघ १५ गते देखि सञ्चालन हुने तेस्रो चरणको तालिमको लागि बिर्तामोड को भद्रपुर रोड मा रहेको ब्रिटिश ल्यांग्वेज एण्ड आइटी इन्स्टिच्युट मा फारम भर्नुपर्ने र यसबाट छनोट भएकाहरुलाई मात्र तालिममा सहभागी गराइने सञ्चालक भट्टराईले जानकारी दिए। झापाको जुनसुकै स्थानका महिलाहरुले सहभागी हुन पाउने व्यवस्था गरिएको भट्टराईको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here