उर्लाबारी क्याम्पसमा पत्रकारिता र सामाजिक कार्य विषयमा पढाई शुरु

0
653

पथरीशनिश्चरे,

पूर्वोत्तर मोरङको उर्लावारी क्याम्पसमा शैक्षिक सत्र २०७८ बाट ४ बर्षे स्नातक तहमा पत्रकारिता र सामाजिक कार्य विषय थप गरी पठनपाठन सुरु हुने भएको छ ।

सोमवार एक विज्ञप्ति जारी गर्दै उक्त क्याम्पसमा यसै शैक्षिक सत्र २०७८ देखि ४ वर्षे स्नातक तह (वि.ए) मा पत्रकारिता( Journalism) र सामाजिक कार्य (BSW) विषयमा अध्यापन हुने जनाइएको हो ।

पुरानो तथा अग्रणी मानिदै आइरहेको उक्त क्यामराले व्यावहारिक एवम् व्यावसायिक विषय पठनपाठन गराउने सन्दर्भमा क्याम्पसले यस वर्षदेखि मानविकी सङ्कायमा उक्त दुईबोटा विषयहरू थप गरिएको क्याम्पस प्रमुख बोधराज भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार क्याम्पस प्रशासनले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा नयाँ विद्यार्थी भर्ना प्रक्रिया समेत अगाडि बढाएको छ । नेपाल पत्रकार महासघ मोरङ शाखाले भर्खरै पत्रकारिता विषय पठनपाठनका लागि पहल होस् भनी क्याम्पसमा बुझाएको ज्ञापनपत्र क्रियाशील एवम् स्थापित पत्रकारहरुले समेत थप पेसागत क्षमता विकासका लागि राखेको चाहना तथा नवआगन्तुक पत्रकारका लागि आवश्यक सैद्धान्तिक एवम् व्यावहारिक ज्ञानको बढ्दो माग पूरा गर्ने उद्देश्यले क्याम्पसमा पत्रकारिता विषयको पठनपाठन गर्ने जमर्को गरिएको विज्ञप्तिमार्फत क्याम्पस प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

यस्तै , पछिल्लो समय पत्रकारितासँगै समाज सेवाको भावना बढेको सन्दर्भमा सामाजिक कार्य विषयको समेत उच्च माग भएकाले क्याम्पसले एकैपटक दुवै विषयहरू थप गरी पठनपाठन सुरु गरेको पनि बताउनुभयो ।

यि दुबै विषयमा अध्यापन गराएर पूर्वोत्तर मोरङका विभिन्न स्थानहरूका विद्यार्थी र पूर्वी पहाडी जिल्लाका सञ्चारकर्मीको पत्रकारिता विषय पढ्ने चाहनालाई यस क्याम्पसले पूरा गर्ने उद्देश्य राखेको छ भने सामाजिक सेवाका क्षेत्रमा प्रवेश गर्नेहरूका लागि सामाजिक कार्य विषयले थप ज्ञान र आधारशिला निर्माण गर्ने नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराईले विश्वास लिएका छन् ।

मोरङमा विराटनगरबाहिर पहिलो पटक उर्लाबारी बहुमुखी क्याम्पसमा पढाइ हुन लागेको पत्रकारिता विषयको चारवसे पाठ्यक्रममा त्रिविले निर्धारण गरेअनुसार पहिलो बर्ष मास मिडिया र सञ्चारको परिचय (४२१) र पत्रकारिताको सिद्धान्त र (४२२) विषय, दोस्रो वर्ष मिडियाको नीतिशास्त्र, कानुन र इतिहास (४२३) र मिडिया अनुसन्धानका आधारहरू (४२४) तेस्रो वर्ष जनसम्पर्क र विज्ञापनको परिचय (४२५) र आमसञ्चार र पत्रकारिता (४१०) तथा चौथो वर्ष ऐच्छिकपत्रसहित प्रसारण पत्रकारिता ( (४२६, नयाँ माध्यम र अनलाइन पत्रकारिता (४२६) र फोटो पत्रकारिता (४२६) विषय पठनपाठन हुनेछ ।

यसै गरी , सामाजिक कार्य BSWiतर्फ पनि विविद्वारा निर्धारित पहिलो वर्ष सामाजिक कार्यको परिचय र सामाजिक कार्यका लागि आधारभूत समाजशास्त्र विषय पढाइ हुनेछ । वि.ए.का प्रत्येक विषयमा त्रिविले तोकेअनुसार पूर्णाङ्कको ३० प्रतिशत अदक प्रयोगात्मक र अन्य ७० प्रतिशतको सैद्धान्तिक परीक्षा हुने गर्दछ । पत्रकारिता विषयको प्रयोगात्मक कार्यका लागि स्थानीय सञ्चारमाध्यमसहित राष्ट्रिय स्तरका सञ्चारमाध्यममा इन्टर्नसिपको व्यवस्था मिलाउन पहल गरिनेछ भने क्याम्पसकै स्वामित्वमा प्रयोगात्मक सामग्री निर्माण एवम् खरिदका लागि पनि पहल अगाडि बढाइने छ ।

सामाजिक कार्य विषयको प्रयोगात्मक कार्य ग्रामीण क्षेत्र र सहरी क्षेत्रमा अरूप र प्रणालीबाट गरिने छ थप भएका विषयसँगै अब क्याम्पसमा मि.ए तर्फ ऐचिद्रक समूहमा पत्रकारिता, सामाजिक कार्य, नेपाली, बग्रेजी, समाजशास्त्र, अर्थशास्त्र, ग्रामीण विकास र राजनीति शास्त्र विषयहरूमध्येबाट कुनै दुई विषय छनोट गरी पड्न पाइने भएको बेहोरा यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराउँछ । क्याम्पसले अहिले प्राज्ञिक उन्नयनसहित भौतिक पूर्वाधारको विकास र दिगो आर्थिक व्यवस्थापनका कार्यहरुलाई समेत द्रुत गतिमा अगाडि बढाइरहेको क्याम्पस प्रमुख भट्टराईले स्पष्ट पार्नुभयो।

सोहि क्रममा विश्वविद्यालय अनुदान आयोगको गुणस्तर सुनिश्चितता पत्र समेत प्राप्तिको अन्तिम चरणमा रहेको यस उनांवारी बहुमुखी क्याम्पसले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here