एक सय ५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

0
461

बिर्तामोड ।

वीरता जेसीज र क्रिएटिभ इन्टरनेशनल एकाडेमीको संयुक्त आयोजनामा झापाको कचनकबल गाउँपालिकामा रहेको गगन आधारभूत विद्यालयका एक सय ५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

क्रिएटिभ इन्टरनेशनल एकाडेमीको स्थापना दिवसको अवसर पारेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको वीरता जेसीजका महासचिव टिकाराम खतिवडाले जानकारी दिए ।

क्रिएटिभ इन्टरनेशनल एकाडेमीका संस्थापन अध्यक्ष तथा वीरता जेसीजका सदस्य एजाज अहमद अन्सारीले कार्यक्रमको संयोजन गरेका थिए ।

वीरता जेसीजका अध्यक्ष प्रविण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेपाली कांग्रेस झापाका सचिव नवीन विमली रहेका थिए ।

कार्यक्रममा कचनकबल गाउँपालिकाका पञ्जीकरण शाखाका सागर अधिकारी, शिक्षा शााखाका संयोजक छविलाल बस्नेत, योजना अधिकृत केशव मैनाली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेल्कु राजवंशी, प्रधानाध्यापक लीलाबल्लभ भट्टराई, वडा नं. ७ का वडाध्यक्ष भरत राजवंशी, नारायण नेपाल, रोमसाम राजवंशी, कालेन्द्र राजवंशी, एसमुल हक लगायतको आतिथ्य रहेको थियो ।

चिसो मौसममा बालबालिकालाई न्यानो कपडा वितरण गरेर पठन–पाठनमा सहजता होस् भन्ने उद्देश्यले सामाजिक कार्यलाई अगाडि बढाउँदै वीरता जेसीजले गगन आधारभूत विद्यालयलाई छनौट गरेको अध्यक्ष प्रविण खड्काले जानकारी दिए ।

तालिम संयोजक जनक खड्काले जेसीज आस्था वाचन गरेको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष कुशल खतिवडाले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा विद्यालयलाई पठनपाठनमा सहयोग गर्ने उद्देश्यले सहयोग गरेको भन्दै प्रधानाध्यापक भट्टराईले धन्यवाद दिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव टीकाराम खतिवडाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here