बिर्तामोड ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर वीरता जेसीजले ह्वील चियर वितरण गरेको छ ।
बिर्तामोड–१ स्थित पञ्चकन्याका राजवीर ठाकुरलाई ह्वील चियर प्रदान गरिएको बीरता जेसीजका महासचिव टिकाराम खतिवडाले जानकारी दिए ।
बीरता जेसीजका कार्यकारिणी उपाध्यक्ष कुशल खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष निर्मल भट्टराईको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा बीरता जेसीजका पूर्व सदस्य तथा समाजसेवी दीपककुमार दाहाल, सानिमा बैंक बिर्तामोडका मेनेजर अम्बिका खतिवडा, वीरता जेसीजका पूर्व अध्यक्ष मिजास पोखरेल, अर्जुनधारा जेसीजका अध्यक्ष भीम कुँवर (राजु), समाजसेवी कुमारप्रसाद कडरियालगायतको आतिथ्य रहेको थियो ।
उपाध्यक्ष बसन्त ढकालले जेसीज आस्था बाचन गरेको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक बिकास बस्नेतले गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव खतिवडाले गरेका थिए ।






























