सारेगमप लिटल च्याम्प बिजेता कृपा पौडेललाई सम्मान

0
830

बिर्तामोड ।

रामचोक सामुदायिक वन उपभोक्ता समुहले बाल गायन रियालिटी सो सारेगमप लिटल च्याम्प बिजेता कृपा पौडेललाई सम्मान गरेको छ ।

सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष राजु गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–२ का वडाअध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रमको औचित्यमाथि कमल मिश्रले प्रकाशका थिए भने स्वागत भगीरथ लुईटेलले गरेका थिए । कृपालाई रामचोक सामुदायिक बन, रामचोक युवा समुह, जनकल्याण समाज सेवा समितिले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

सारेगमप लिटल च्याम्प नेपालकी बिजेता कृपाले आफ्नो अनुभवहरु सुनाउँदै आगामी दिनमा आफ्नो लगनशिलता र मेहनतलाई अगाडि बढाउदै लाने बताइन् ।

बिभिन्न संघ/संस्थाले आफुलाई सम्मान गरेको भन्दै यसले गायन क्षेत्रमा अगाडि बढ्न हौसला मिलेको उनको भनाई थियो । कार्यक्रमको सञ्चालन रुपा कोइराला सिग्देलले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here