आज प्रजातन्त्र दिवस

0
686

 


अहिले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र धेरै तन्त्र भएको र सबैको प्राप्तिमा संघर्ष जोडिएकाले कुन तन्त्रलाई प्रजातन्त्र मान्ने बारेमा द्विविधा हुन खोज्छ, तथापि निरंकुश राणा शासनविरुद्धको आन्दोलनको सफलतापछिको खुलापनमा नै प्रजातन्त्र देखिन गएकाले याहाँ यसैबारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले टुत्रैmटुक्रामा लथालिङ्ग यो पावन भूमिलाई अति दुःखले एकसूत्रमा जोड्ने अभियानको प्रारम्भ गरे । पछि उनका उत्तराधिकारीहरु राजोपयुक्त शिक्षाबाट वञ्चित हुँदा बिग्रिए दूरदर्शी हुन सकेनन् । यसै अराजनीतिक अवस्थाको फाइदा उठाउँदै २९ बर्षीय युवा जंगबहादुर राणाले आफन्त र भाइहरुको सहयोगमा कोतपर्व र भण्डारखाल जस्तो पर्वको नामबाट कैयौं भारदारहरुको नृशंष हत्याकाण्ड मच्चाइ दिए । जसको तीन दिनमा कमाण्डर इन चिफ र प्राइमिनिष्टर जस्तो राजनीतिको उपल्लो पद हत्याए ।

त्यसपछि शासन सत्ता भाइ–छोरामा जाने ब्नलभत क्थकतझ लागू गरे । यो पद्धतिमा काकाहरु सकिएर दाजुहरु मरेपछि मात्र आपूmले प्रधानमन्त्री पद पाइने हुँदा हिम्मत र जोश–जाँगर सकिएको बुढ्यौलीमा विकास निर्माणका जोखिममोल्नभन्दा ढुक्कसँग भोगविलासमा लिप्त हुन पाउँदा अनेक वैध–अवैध सन्तानहरु हुन्थे । जुद्ध शमशेरका २४ रानीहरु, अठार छोराहरु र १२ छोरीहरु थिए । परिवार ठूलो भएकाले प्राइमिनिष्टर हुनासाथ धन सञ्चय गर्दै छोराहरुलाई कर्नेल र जर्नेलको पद बाँडे । यस्तो देखेर इष्टइण्डिया कम्पनीका परराष्ट्र सचिव सर ओलाफकारोले यिनलाई बदमास बुढा, कामुक र धेरै सन्तानका पिता राष्ट्रिय सम्पत्तिको प्रयोग आफ्ना सन्तानका लागि गर्ने भनी यिनको खुब आलोचना गरेका थिए ।

श्री ३ चन्द्र शमशेरले राणाहरुलाई ए, बी र सी गरी तीन वर्गमा बाँडे । आफ्नै जातकी विवाहिता पत्नीबाट जन्मेको सन्तान ‘ए’ वर्गमा, अर्कै जातकी विवाहिता पत्नीबाट जन्मेको सन्तान ‘बी’ वर्गमा र ल्याइते स्वास्नीबाट जन्मेको सन्तान ‘सी’ वर्गमा हुने भए । उनका ‘ग’ वर्गमा पर्ने एक छोरा मात्र थिए भने भीम शमशेर र जुद्ध शमशेरका धेरै सन्तानहरु थिए र उमेरका जेठा पनि थिए । आफ्नो सन्तानको स्थान बलियो बनाउन विभाजन गरेको भन्ने खुलेपछि राणा परिवारभित्र घृणा र तिरस्कार बढ्यो, जसले पछि सुवर्ण शमशेर र महावीर शमशेरहरुले प्रजातान्त्रिक कांग्रेसको स्थापना गरी आन्दोलनमा सहभागी भए ।

आफू बस्नलाई घर निर्माण, भ्रष्टाचार र भोगविलास बाहेक शिक्षा, स्वास्थ्य, विकासमा ध्यान नदिने निरंकुश राणाशासनको अन्त्यका लागि जीवन जोखिममा पारेर कष्ट र विपत्तीहरु झेल्दै, शहीद हुन परे पनि पछि नहट्ने प्रजातन्त्र ल्याएरै छाड्ने अठोट लिएर शिक्षित नेपाली युवाहरुले क्रमशः महावीर स्कूल, नेपाली नागरिक अधिकार समिति, नेपाल प्रजापरिषद लगायत बिभिन्न संघ–संस्थाहरुको स्थापना गरी राणाशासनविरुद्धमा आन्दोलन चर्काउन थाले । काठमाडौं कमलपोखरीका बलदेव हजाम दरबारमा दाह्री खौरन जाँन्थे र राजालाई यी बिषयवस्तु बारे जानकारी गराउँथे । राजा त्रिभुवनले राजदरबारको सेवामा रहेकी जर्मन नर्स यिरीकाल्यूचटेग अनि मिठाई र पाउरोटी बिक्रेता बि.एल. शर्मा मार्पmत भारतीय राजदूतसँग सम्पर्क पनि बढाएका थिए । राजदूतले भारत सरकारको सहमतिमा दूतावास रक्षाका लागि हजाम, धोबी बगैंचे आदिका भेषमा प्रशस्त भारतीय सेना काठमाडौंमा झिकाएका थिए ।

सबै परिस्थिति बारेमा जानकारी पाइसकेपछि २००७ कात्तिक २१ गते उपत्यकामा हुस्सु लागेको बिहान ८ः३० बजे वनभोजका लागि भनेर दरबारबाट १२ जनासहितको चार वटा कारहरु निस्के, जस्मा राजा त्रिभुवन दुई बडामहारानीहरु, तीन जना छोराहरु, दुईवटी बुहारी, एक जेठा नाति (वीरेन्द्र वीरविक्रम शाहदेव) दुई छोरी र हजुरिया कर्णेल नारायणसिंह राणा थिए । राजा त्रिभुवनले सबभन्दा अगाडिको कार चलाइरहेकाले भारतीय दूतावास रहेको ठाउँ शीतल निवासतर्पm बढाउँदा हजुरिया कर्णेल नारायणसिंह राणाले बाटो बिर्सिबक्सेछ भनेर सम्झाउन खोज्दा, राजाले घाँटीमा पेस्तोल राखिदिएकाले यिनको बोली हरायो । त्यसपछि चारैवटा कारहरु भारतीय दूतावासमा प्रवेश गरे ।

भारतीय राजदूत चन्देश्वरप्रसाद नारायण सिंहले भव्य स्वागत गरेका थिए । तात्कालीन श्री ३ महाराज मोहन शमशेरले श्री ५ त्रिभुवन सपरिवार भारतीय राजदूतावासमा शरण लिएको थाह पाएर फर्काउन कोशिस गरे, तर सफल नहुँदा मङ्गलबार २ः४५ बजे ४ बर्षका नाबालक श्री ५ अधिराजकुमार ज्ञानेन्द्र वीरबिक्रम शाहलाई हनुमानढोका नासलचोकको राजगद्दीमा राखेर हतारमा श्री ५ को श्रीपेच फेला नपर्दा श्री ३ कै श्रीपेच लगाईदिएर राजा घोषित गरे ।

यता भारतीय समाजवादी नेता जयप्रकाशनारायणको सहयोगमा बर्मा सरकारबाट महावीर शमशेरको ‘हिमालयन एभिएसन कम्पनी’को ‘दकोटा विमान’बाट हात–हतियार ल्याई पटनामा देवेन्द्रप्रसाद सिंहको घरमा राखियो । बर्मा बाहेक काश्मीरको शेख अब्दुल्लाको सरकारबाट पनि केही बन्दुकहरु Lee-Enfield rifles) र गोली–गठ्ठा ल्याइए । त्यसलगत्तै हिमालयन एभिएसन कम्पनीको हवाईजहाजले ‘हाम्रो आन्दोलन आजदेखि नेपाल अधिराज्यभर शुरु हुन्छ’ भनी काठमाडौंमा राणा विरोधी पर्चा छर्न थाल्यो ।

यसको एक दिनपछि १२.३० बजे श्री ५ त्रिभुवन भारतीय वायुसेनाको विमानद्वारा सपरिवार दिल्ली पुगे । दिल्ली विमानस्थलमा प्रधानमन्त्री जवाहरलाल नेहरु र मन्त्री–मण्डलका अन्य सदस्यहरुसहितले राजपरिवारलाई भव्य स्वागत गरी हैदरावाद भवनमा स–सम्मान राखियो ।

यता मोहन शमशेरले राज्याभिषेकलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन तात्कालीन नेपालस्थित बेलायतका राजदूत जर्जफाल्कनर (George falconer)लाई आफ्नो पक्षमा पारे । पाकिस्तान रेडियोले भारतद्वारा श्री ५ त्रिभुवनलाई अपहरण गरियो भनी समाचार प्रशारित ग¥यो, तर भारत सरकारले श्री ५ त्रिभुवनले राजगद्दी त्याग नगरेकाले अहिले भइरहेको राजनीतिक परिवर्तनलाई मान्यता नदिने घोषणा गरेकाले मोहन शमशेरको अप्ठ्यारो बढ्यो, अन्य मुलुकहरुले पनि मान्यता दिन चाहेनन् ।

त्यसपछि थीरबममल्ल र तेजबहादुर अमात्य नेतृत्वको दुई सय मुक्ति सेनाका जवानले सशस्त्र क्रान्तिको थालनी बिरगञ्ज आक्रमणबाट गरे । पाँच सय जवान मुक्ति सेनाले बिराटनगरमा थोत्रो ट्याक्टरलाई टैञ्च बनाएर बडाहाकिमको निवासमा गोली बर्साउँन थाले । बडाहाकिम उत्तमबिक्रम राणाले दुई घण्टामै आत्मसमर्पण गरेकाले वीपी कोइरालाद्वारा १५ हजार दर्शकका माझमा कांग्रेसको चारतारे झण्डा फहराउँदै त्यस बिजयको निम्ति मुक्ति सेनालाई धन्यवाद दिए । आफ्नो लागि परिस्थिति ज्यादै असहज भएको र धमाधम आन्दोलनकारीहरु सफल भइरहेको देखेर राणाहरु वार्तामा जान तयार भएकाले कांग्रेसले आन्दोलन स्थगित ग¥यो । १२ फरवरी १९५१ मा दिल्लीमा श्री ५ त्रिभुवन, नेपाली कांग्रेस र राणा सरकारको बीचमा त्रिपक्षीय (Tripartite) सम्झौता भयो ।

त्यसपछि नेपाली कांग्रेसका नेताहरुसँगै श्री ५ त्रिभुवन सपरिवार नेपाल आए, यहाँ भव्य स्वागत भयो । २००७ फागुन ७ मा श्री ५ त्रिभुवनले प्रजातन्त्रको घोषणा गर्दै दश सदस्यीय मन्त्रिमण्डलको घोषणा गरे । यो घोषणले श्री ३ बाट मोहन शमशेर प्रधानमन्त्रीमा झरे । राजा त्रिभुवनले आन्दोलनको समर्थनमा राजदरबार त्याग गरेको लगभग एक सय चार दिनमा यस मन्त्रिमण्डलको निर्माणसँगै एक सय चार बर्षको जहाँनिया राणाशासन सधैँको निम्ति अस्तायो ।

प्राप्त प्र्रजातन्त्रले आज ७०औं बसन्त पार गर्दैछ । मुलुकमा बिकास निर्माणभन्दा अभैm दलहरुबीचको आपसी खिचातानी र मनमुटाव सकिएको छैन, प्रतिनिधिसभा सुनसान देखिनु, माइतीघर मण्डेला र बानेश्वरमा घच्चाघमाशान, रत्नपार्क अनि सडकहरुमा अभैm प्रजातन्त्र प्राप्तिको घुइँचो छदैँछ, दुर्भाग्य नेपाली जनताको हो या माटोको ? राणाहरुको यही कार्यले आन्दोलनलाई सफल बनायो । राजा र जनताको त्याग र बलिदानीपूर्ण गौरव ‘प्रजातन्त्र दिवस’लाई आपसी मित्रता दिवसको रुपमा लिएर दलहरुबीच देखापरिरहेका मनमुटावहरुलाई मेलमिलापको उज्यालोमा डो¥याउन सके, प्रजातन्त्र प्रति त्यो भन्दा ठूलो उपहार अरु के नै हुन सक्थ्यो होला र ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here