सुन्दरहरैंचा (मोरङ),

एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि समयलाई सदुपयोग गर्दै भविष्य निर्माण गर्ने उत्कृष्ट अवसर लिएर आएको छ सुन्दरहरैंचा–३ गछियामा सञ्चालनमा रहेको साथी कम्प्युटर लर्निङ सेन्टर। पछिल्लो समय यहाँ प्रदान गरिँदै आएका रोजगारमुखी तथा व्यावहारिक तालिमका कारण यो संस्था विद्यार्थीहरूको रोजाइमा पर्दै गएको छ।
डिजिटल युगसँगै कम्प्युटर ज्ञान अनिवार्य बन्दै गइरहेका बेला यस संस्थाले विद्यार्थीहरूको आवश्यकता र बजारको मागलाई ध्यानमा राख्दै विविध कोर्सहरू सञ्चालन गरिरहेको छ। यहाँ कम्प्युटर अपरेटर, लेखा प्याकेज, कार्यालय प्याकेज, हार्डवेयर र नेटवर्किङ, कम्प्युटर मर्मत कोर्स तथा ग्राफिक डिजाइनिङ जस्ता अत्यन्त उपयोगी र व्यवहारिक कोर्सहरू उपलब्ध छन्।
संस्थाले “सही समयमा सही निर्णय, उज्ज्वल भविष्यको सुरुवात!” भन्ने मूल नारालाई आत्मसात गर्दै विद्यार्थीहरूलाई सीपमूलक शिक्षातर्फ प्रेरित गरिरहेको छ। यहाँका तालिमहरू केवल सैद्धान्तिक मात्र नभई पूर्ण रूपमा प्रायोगिक र रोजगारमुखी रहेको संस्थाले जनाएको छ।
यस कम्प्युटर लर्निङ सेन्टरका सञ्चालक निरन्जन प्रसाद आचार्यका अनुसार एसईईपछि खाली बसेर समय खेर फाल्नु भन्दा नयाँ सीप सिकेर आत्मनिर्भर बन्नु आजको आवश्यकता हो। उनले भने, “हामीले विद्यार्थीहरूलाई केवल प्रमाणपत्र दिने होइन, उनीहरूलाई बजारमा काम गर्न सक्ने दक्ष बनाउने लक्ष्य राखेका छौं।
अहिलेको प्रतिस्पर्धात्मक युगमा कम्प्युटर सीप बिना अघि बढ्न गाह्रो छ, त्यसैले हामी गुणस्तरीय र व्यवहारिक तालिममा जोड दिइरहेका छौं।” उनले थपे, “एसईई दिएर बसेका विद्यार्थीहरूका लागि विशेष छुट तथा आकर्षक अफरहरू पनि ल्याएका छौं, जसले गर्दा सबैले सजिलै सीप सिक्ने अवसर पाउनेछन्।”
अनुभवी प्रशिक्षकहरूको साथमा सञ्चालन भइरहेको यस संस्थाले छोटो समयमै दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ। स्थानीय तहमा मात्र नभई विभिन्न क्षेत्रहरूमा रोजगारी प्राप्त गरेका पूर्व विद्यार्थीहरू नै यसको सफलताको प्रमाण बनेका छन्।
आजको डिजिटल युगमा आफूलाई सक्षम र प्रतिस्पर्धी बनाउने हो भने यस्ता सीपमूलक तालिम अपरिहार्य बन्दै गएको छ। त्यसैले एसईईपछि के गर्ने भन्ने अन्योलमा रहेका विद्यार्थीहरूका लागि साथी कम्प्युटर लर्निङ सेन्टर एक उपयुक्त गन्तव्य बन्ने देखिएको छ।






























