प्रदेश सरकार खारेजको माग गर्दै अध्यक्ष कार्की

0
593

झापा, नेकपा एमालेका अध्यक्ष दीपक कार्कीले सबैप्रदेश खारेज गर्नु पर्ने बताउनुभएको छ ।
संविधान सभाका सदस्य समेत रहनु भएका कार्कीले प्रदेश सरकार खर्चको काल भएको बताउँदै केन्द्र र स्थानीय तह भए नेपालमा काफी हुन्छ – भन्नुभयो ।
प्रदेश सरकराको कामै नभएको बताउँदै अध्यक्ष कार्कीले समन्वयका लागि सात सदस्यीय इकाई बनाइदिए प्रदेशमा परेका समस्या हेर्न सक्ने उहाँको भनाई छ । आबश्यक परेको खण्डमा समन्वय इकाईका लागि सरकारले सात जनालाई नियुत्त गर्न सक्छ अध्यक्ष कार्कीले भन्नुभयो – मलाई त्यो पनि पर्छ जस्तो लाग्दैन ।
प्रदेश सरकार व्यवहारमा चाहिन्छ जस्तो देखिदैन अध्यक्ष कार्कीले भन्नुभयो – यो खर्चको काल भएको छ , प्रदेश सरकारलाई दिइने बजेट त्यो सिधै स्थानीय तहमा पठाइदिए कति विकास हुन्छ ?
एक नम्वर प्रदेशको उदाहरण दिँदै अध्यक्ष कार्कीले भन्नुभयो – प्रदेश १ मा सात मन्त्रालयले चल्दै थियो अहिले भागबण्डामा १४ भयो । भागबण्डामा १४ मन्त्रालय भएसंगै १४ गाडी , १४ क्वाटर, १४ सेक्युरिटी, १४ सचिवालय कहाँ पुग्छ स्थिति त्यसकारण यसको कामै छैन । अब प्रदेश सरकार खारेज गर्नु पर्छ ।
पछिल्लो समय राजनीतिमा युवाहरुको बितृष्ण रहेको बताउनुभएका कार्कीले राजनीतिमा युवाहरुको सक्रिय सहभागीता आवश्यक रहेको औंल्याउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here