करेन्ट लागेर एक जनाको मृत्यु

0
376

सुनसरी ।

सुनसरीको धरान उपमहानगरपालिका १५ कृष्णापथमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पुष्पाञ्जली मार्गका ३५ बर्षीय मौसम प्रधान रहेका छन् । पदमबहादुर गुरुङको घरमा ट्रस लगाउने क्रममा अचानक करेन्ट लागेर छतबाट लडेर घाइते भइका उनको उपचारको लागि घोपा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनाको जानकारी पाएलगतै घटनास्थल पुगेको वडा प्रहरी कार्यालय धरानले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here