बिर्तामोड एजुकेशन फाउण्डेसन छैठौं वर्षमा

0
535

बिर्तामोड ।

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शैक्षिक परामर्श केन्द्र ‘बिर्तामोड एजुकेशन फाउण्डेसन प्रालि ’ स्थापनाको पाँचौं वर्ष पूरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई आवश्यक शैक्षिक परामर्श दिने उद्देश्यले २४ चैत २०७३ मा बिर्तामोड एजुकेशन फाउण्डेसन स्थापना भएको थियो ।

फाउण्डेशनका अध्यक्ष राजकुमार कार्कीका अनुसार इलामको फिक्कल र झापाको चारआलीमा फाउण्डेशनको शाखा कार्यालयसमेत स्थापना गरिएको छ । विसं २०७५ मा चारआली र २०७६ मा फिक्कलमा शाखा कार्यालय स्थापना गरी विद्यार्थीलाई आवश्यक सैक्षिक परामर्श सेवा प्रदान गरिरहेको अध्यक्ष कार्कीले बताए । फाउण्डेशनको मुख्य कार्यालय भने बिर्तामोडको भद्रपुर रोडमा रहेको छ ।

अध्यक्ष राजकुमार कार्की

बिर्तामोड एजुकेशन फाउण्डेसनले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया तथा यूरोपियन मुलुक जान चाहने विद्यार्थीका लागि आवश्यक शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ । फाउण्डेशनले जापानिज, इङ्लिश, कोरियन भाषा प्रशिक्षणका साथै कम्प्युटर कक्षा र आईएलटीएस कक्षासमेत सूचारु गरिरहेको छ ।

स्थापनाको छैठौं वर्ष प्रवेशका अवसरमा फाउण्डेशनका अध्यक्ष कार्कीले सम्पूर्ण सहयोगी तथा शुभचिन्तकमा आभार व्यक्त गरेका छन् । अध्यक्ष कार्कीले सम्पूर्ण शुभचिन्तक, अग्रज व्यक्तित्व, शाखा प्रमुखलगायत कर्मचारी परिवार, विद्यार्थी, अभिभावक तथा सञ्चारकर्मीहरुमा कृतज्ञतासहित धन्यवाद दिएका छन् । कोरोना कहरका कारण शैक्षिक परामर्श केन्द्रहरुलाई ठूलो असर परेको भनदै यस्तो जटिल अवस्थामा पनि सहयोग गर्ने सबैलाई अध्यक्ष कार्कीले धन्यवाद दिएका छन् ।

इक्यान झापाका सचिव समेत रहेका कार्कीले भरपर्दो शैक्षिक परामर्श केन्द्रको रुपमा ‘बिर्तामोड एजुकेशन फाउण्डेसन प्रालि’ले सबैको मन जित्न सफल भएको उल्लेख गरे ।

आगामी दिनमा अझ शसक्त, सक्रिय र उत्कृष्ट सेवाको साथ सामाजिक उत्तरदायित्व वहनमा थप जिम्बेवार भई इमान्दारीताका साथ अविचलित रुपमा हामी अझ अगाडि बढ्ने अध्यक्ष कार्कीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here