नारी दिवसको अवसर अन्तरक्रिया

0
642

विर्तामोड। 

११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नेपाल महिला संघ झापा कनकाई नगरसमितिले अन्तरक्रियात्मक कार्यक्रम झापाको कनकाई–७ स्थित जेष्ठ नागरिक भवनमा सम्पन्न गरेको छ ।

महिलाहरुलाई राजनीतिक दल एवं सामाजिक संघसंस्थाहरुको अधिकतम सहभागी गराउँदै सांगठनिक सक्रियता बढाउने सन्दर्भमा कार्यक्रममा छलफल एवं अन्तरक्रिया भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईले सामाजिक रुपान्तरणका लागि हरेक क्षेत्रमा महिलाहरुको सशक्त सहभागिता आवश्यक रहेको बताउँदै महिलाहरुले आफ्नो क्षमता अभिबृद्धि गर्दै अवसरको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । महिलाहरु आफैं जागरुक भएर गरेका हरेक काममा आफ्नो ब्यक्तिगत र पार्टीगत सहयोग रहने प्रतिबद्धता समेत प्रसाईले ब्यक्त गर्नुभयो ।

नेपाल महिला संघ कनकाई नगर समितिका अध्यक्ष भागिरथा चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापा सचिव कृष्ण हुमागाई, महाधिवेशन प्रतिनिधिहरु टिकाप्रसाद प्रसाई, एकराज उप्रेती, कविता बस्नेत, धनमाया चिमरिया, पूर्व जिल्ला सदस्य टेकनारायण संग्रौला, नगर सभापति दुर्गा प्रसाई, देवीमाया दाहाल लगायतले मन्तब्य राख्नुभएको १ नं वडा सभापति मनोज बस्नेतले जानकारी दिनुभयो ।

इन्दिरा उप्रेतीले स्वागत र गोमा कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा सवै वडाका वडाध्यक्ष एवं महाधिवेशन, प्रदेश प्रतिनिधि लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here