किमाथांकाबाट एकजना चिनियाँ पक्राउ

0
426

संखुवासभा,

संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्का नाकाबाट एकजना चिनियाँ पक्राउ परेका छन्।

पक्राउ पर्नेमा २८ वर्षीय चाऊ चिनचियान रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।

पक्राउ परेका चिनियाँलाई शुक्रबार दिउँसो हेलिकप्टरमार्फत अध्यागमन विभाग कालिकास्थान काठमाडौं लगिएको डिएसपी सुवेदीले बताए।

उनी के कति कारणले संखुवासभा आएका थिए भन्ने अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। चिनियाँ चिनचियानलाई संखुवासभाको भोटखोला–१ को किमाथाङ्का नाका नजिकै बाट शुक्रबार नियन्त्रणमा लिएको डिएसपी सुवेदीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here