युक्रेनलाई बाँच्न किन गाह्रो भइरहेको छ ?

0
656

हाल युक्रेन र रुसबीच युद्ध चलिरहेको छ । युक्रेन लगभग ध्वस्त भइसकेको छ । तर, पनि युक्रेनीहरुको जोश बुलन्द छ । युक्रेनीहरुका साहसका अगाडि रुसलाई जीतको नतिजा निकाल्न गाह्रो भइरहेको छ । त्यस्तै रुसीहरुलाई पछि हटाउन युक्रेनीहरुलाई पनि निकै सकस परिरहेको छ । कुटनीतिक संवादबाट असझदारी समाधान गर्न सम्भव हुँदाहुँदै पनि किन यी दुई देश युद्धको स्थितिमा पुगे ? यस्तो अवस्था आउनुको कारणबारे बुझ्न यहाँ युक्रेनको इतिहासबारे छोटो चर्चा प्रस्तुत छ ।

करिब एक दशकदेखि युक्रेन र रुसबीच निकै बढी नै तनाव बढिरहेको थियो । जसले यी दुईदेश मात्र होइन कि सारा विश्वलाई पनि खतरनाक मोडमा उभ्याइदिएको छ । इतिहासलाई हेर्ने हो भने युक्रेन र रुसकाबीच साझा बिरासत भेटिन्छन् । जसले दुबैलाई एकसाथ जोडनुका साथै भिन्न पनि गर्न सक्दछ । यो कथा नवौं शताब्दीमा मौजुदा युक्रेनको राजधानी किएभबाट शुरु हुँदै आएको देखिन्छ ।

पहिला किएभ प्रथम स्लाभिक साम्राज्यको राजधानी थियो । यस राज्यको गठन स्क्यानडेभियन कबिलाहरुले गरेका थिए । जो स्वयम्लाई रुसी भन्दथे । यही मध्यकालीन राज्यपछि भने किएभियन रुस कहलियो । रुस र युक्रेन दुबैको जन्म यसै साम्राज्यबाट भएको थियो । १२औं शताब्दीमा आएर मस्कोको स्थापना भयो ।

यस साम्राज्यमा अर्थोडक्स क्रिश्चियन धर्मको बोलबाला थियो । साल ९८८ मा किएभ साम्राजमा भ्लादिमिर प्रथम र सेन्ट भ्लादिमिर स्वायातोस्लाविच द ग्रेटले यो मत अपनाएका थिए । भ्लादिमिर प्रथमले मध्यकालीन रुस राज्यको बिस्तार मौजुदा बेलारुस, रुस र युक्रेनदेखि लिएर बाल्टिक सागरसम्म गरे । यो सारा क्षेत्रमा बोलिने कैयन बोलीले बेलारुसी, युक्रेनी र रुसी भाषाहरु सिर्जना भए । यस्ता साझा बिरासतले तीनै देश जोडिए । यसैले पनि होला हालमा रुसका राष्ट्रपति व्लादिमिर पुटिनले घोषणा गरेका थिए कि रुसी र युक्रेनीहरु एकै हुन् । तर, कतिपय जानकार यस कुरामा सहमत छैनन् । उनीहरु निश्चय नै एकै राज्यबाट उत्पति भएका हुन् । तर, विगत नवौं शताब्दीमा युक्रेनको अनुभव बेग्लै रहेको थियो । किनकि उसको भाग्यको पैmसला अलग–अलग समयमा अलग–अलग ताकतहरुले गरे ।
युनिभर्सिटी कलेज अफ लण्डनमा युक्रेनियन स्टडीजका प्रोफेसर डा. एण्ड्रयू विल्सन भन्छन्– युक्रेनलाई एक क्षेत्र या पहिचानको रुपमा बाँध्नुको साटो एक उल्झनको परिस्थितिको रुपमा हेर्नु जरुरी हुन्छ । १३औं शताब्दीमा रुसमा कैयन क्षेत्रमा मंगोल साम्राज्यको कब्जा थियो । तर, १४औं शताब्दीमा मंगोल साम्राज्य केही कमजोर हुँदै गयो । यसको लाभ मस्को र लिथुआनिया क्षेत्रले लिए । यी दुईले रुसलाई आपसमा बाँडेर लिए ।

पछि किएभ र यसको आसपासको क्षेत्र लिथुआनियाको कब्जामा आयो । यहाँ पुनरजागरण र सुधार देखिए । पश्चिमी युक्र्रनको एण्ड गैलिसिया, कारपेथिन गैलिसिया क्षेत्रमा हैब्सबर्ग साम्राज्यको राज रह्यो । यी इलाकामा अहिले पनि त्यस कालको सांस्कृतिक विरासत देख्न सकिन्छ । रुसका एक बिख्यात इतिहासकार जाफरी होस्किङ्गले पश्चिमी युक्रेनको इतिहास पूर्वी युक्रेनभन्दा एकदम अलग रहेको बताएका छन् । पश्चिमी युक्रेनका कैयन मानिसहरु रसियन अर्थोडक्स चर्चको अनुयायी होइनन् । उनीहरु क्याथोलिकका अनुयायी हुन् । यो मतले पोपलाई आफ्नो आध्यात्मिक गुरु मान्दछन् ।

यसको अलावा क्राइमिया क्षेत्र पनि बाँकी देशबाट धेरै अलग छ । क्राइमियाको सम्बन्ध ग्रीक र तातारका मानिसहरुसँग रहेको छ र मध्यकालमा क्राइमिया रुसी एवम् अटोमन साम्राज्यको अधिन पनि रहेको थियो । १७औं शताब्दीमा लिथुआनिया–पोल्याण्डका राष्ट्रमण्डल र रुसको जार सम्राटबीचको युद्धले नाइपर नदीदेखि पूर्वको सारा इलाका रुसको नियन्त्रणमा गयो । हालको युक्रेनको करिब बीचबाट नाइपर नदी बग्दछ । नदीभन्दा पूर्वतिर रुसी भाषीहरुको बाहुल्यता रहेको छ ।

युक्रेनको मध्य र उत्तर पश्चिमी इलाकामा १७औं शताब्दीमा एक राज्य थियो । जसलाई सन् १७६४ मा रुसकी साम्राज्ञी क्याथरिन द ग्रेटले बिलय गरिन् । उनले पोल्याण्डको अधिकारवाला युक्रेनको इलाकामा पनि अधिकार हासिल गरिन् । पछि एक नीतिगत आदेशले युक्रेनको भाषाको उपयोग र अध्ययनमा रोक लगाइयो । आस्थालाई लिएर मानिसमाथि दबाब बनाइयो र यस प्रकारले एउटा छुट्टै जातीय समूहको रचना गरियो ।

यसबीच पश्चिमको कैयन देशमा राष्ट्रवादको लहर चल्यो । यसको असर पोल्याण्डदेखि लिएर अष्ट्रियासम्म देखियो । यस दौरान यहाँ कैयन मानिसहरुले रुसका मानिसहरुभन्दा अलग देखाउनका लागि स्वयम्लाई यूक्रेनी बताउन थाले, तर रुस क्रान्ति भयो र सोभियत संघ गठन भयो । यस क्रममा युक्रेनसँग जोडिएका विषयलाई नयाँ पहिचान मिल्यो । सोभियत नेता जोसेफ स्टालिनले दोस्रो विश्वयुद्धको समाप्तिमा पोल्याण्डबाट पश्चिमी युक्रेनको अधिकार हासिल गरे । रुसको हिस्सा रहेको क्राइमियालाई १९५० को दशकमा मस्कोले युक्रेनलाई बुझायो । यस पैmसला पछि पनि क्राइमियाको रुससँग गहिरो सम्बन्ध रहिरह्यो र ब्ल्याक सिमा रुसले बेडा राख्यो । सोभियत सरकारले युक्रेनमाथि जोडदारका साथ रुसको प्रभाव थोपर्ने कोशिस गरिरहेका कारण युक्रेनले यसको ठूलो मूल्य चुकाउनु परिरहेको थियो । २०१४ मा क्राइमिया पुनः रुसले थियो ।

सन् १९३० को दशकमा सोभियत संघकै हिस्सा रहेको युक्रेनमा स्टालिनको नीतिका कारण अनिकाल लाग्यो । लाखौं मानिसहरु खाना अभावमा मारिए । यसपछि स्टालिनले युक्रेनमा धेरै संख्यामा सोभियतका मासिनहरु लगेर बसोबास गराए । उनीहरु मध्ये कैयनले युक्रेनी भाषा जान्दैन थिए । भाषाको कम ज्ञानका कारण पुराना युक्रेनीहरुसँग सम्बन्ध धेरै सीमित थियो । युक्रेनको पूर्वी भागमा भने त्यस्तो समस्या थिएन । समग्रमा सांस्कृतिक रुपले सोभियत संघले युक्रेनमा कहिल्यै पनि आधिपत्य सावित गर्न सकेन ।

इतिहासकार हकिङ्गका अनुसार केन्द्रको तर्पmबाट आर्थिक, राजनीतिक र सैन्य पैmसला भलै थोपरिए पनि सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा युक्रेनसँग एक खास स्वायत्तताको अवस्था थियो । दबदबा भलै रुसी भाषाको होस्, तर प्राथमिक स्कूलमा नानीहरुलाई युक्रेनी भाषा सिकाइन्थे । यस भाषामा पुस्तकहरु प्रकाशन भए । २०औं शताब्दीको दोस्रो खण्डमा युक्रेनमा शिक्षित मानिसहरुका बीच एक मजबुत राष्ट्रवादी अभियान शुरु भयो ।

पश्चिमाहरुको चलखेलले गर्दा सन् १९९१ मा सोभियत संघ विगठन भयो र १९९७ मा रुस र युक्रेनकाबीच सन्धी भयो । सन्धीले सीमानाको अखण्डताको पुष्टी त भयो तर देशको अलग–अलग इलाकामा केही यस्ता समस्या बाँकी नै रहे जसले गर्दा सम्बन्धमा तिक्तता पैदा भई नै रह्यो । युक्रेनको पूर्वी भागमा रहेका जनताको रुससँग गहिरो नाता छ । यहाँ रहने जनताहरु रुसी भाषा बोल्दछन् । यहाँ रुढीवादी विचारका पनि छन् । रुढीवादी हुनुको अर्थ रुसतिर बढी लगाव हुनु हो । युक्रेनको पश्चिमी भागमा भने पश्चिमी देशको प्रभाव रह्यो । पश्चिम भागमा रहनेहरु क्याथोलिक हुन् र आफ्नै भाषा बोल्दछन् ।

कुनै ठाउँ, क्षेत्र या देशमा रहने मानिसहरुका आ–आप्mनै चाहना या सपना हुन्छन् । चाहना या सपनाहरु यस्ता पनि हुन्छन् कि, मानिसहरु स्वभावैले आफ्नो मूल अथवा उद्भवको नजिक हुन पुग्दछन् । कतिपय भने स्वतन्त्रसँग युगानुकूल र कतिपय अवस्थामा अन्यबाट बढी नै प्रभावित भएर नयाँ चलनमा बाँच्न चाहन्छन् । हो, यीनै थुप्रै कारणहरुबीचको सूक्ष्म द्वन्द्वहरु बढ्दै आएर आज युक्रेन र रुसबीचमा प्रत्यक्ष युद्धको रुपमा प्रकट भएको हो ।

यसका अलावा यूरोप र अमेरिकाले पश्चिमी भेगका युक्रेनीहरुलाई बढी नै उक्साएका कारण, रुसी भाषी युक्रेनीहरुलाई ज्यादती गरेका कारण र रुसले आपूmलाई सुरक्षा खतरा बढेको महशुस गरेका कारण नै अहिलेको युद्ध पैदा भएको हो । यसका साथै युक्रेनका लोकप्रिय तर अपरिपक्व युवा राष्ट्रपतिले भुराजनीतिलाई राम्ररी सम्हाल्न नसक्दा र रुसको शासनभित्र धेरै पहिलेदेखि सामेल अनुभवी, परिपक्व र स्थितिको सटिक अध्ययन गरिरहेका राष्ट्रपति भ्लादिमिर पुटिनको दूरदर्शीता र आकांक्षाले पनि आजको युद्ध पैदा भएको देखिन्छ । यी सब कारणले आज आएर युक्रेनलाई दुरुस्तरुपमा बाँच्न गाह्रो भइरहेको छ । (सामग्रीहरु अध्ययनबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here