हात्तीपाइले विरुद्धकोऔषधि खुवाउने अभियान शुरु

0
475

छविराज ढकाल/ पथरीशनिश्चरे, 

पथरीशनिश्चरे नगरमा आज शनिबारदेखि एक सातासम्मको हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान सुरु भएको छ।

” मैले त खाएँ , तपाईं पनि खानुहोस् “भन्ने नाराका साथ नगरपालिकको स्वास्थ्य शाखाले आज २८ गतेदेखि चैत्र- ४ सम्म नगरका सबै वडाका घर -घरमा स्वयमंसेविका तथा स्वास्थ्यकर्मीलाई पठाएर हात्तीपाइले विरुद्धको औषधि खुवाइने अभियान सुरु भएको हो।

नगरप्रमुख दिलिप कुमार राई,उप प्रमुख यमुना विष्ट वास्तोला, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, सहितले उद्धाटन गर्नुभएको हो । उक्त अवसरमा पशुपंक्षी शाखाका प्रमुख हेमचन्द्र दहाल , स्वास्थ्य शाखाका एकराज खत्री , नगरका सूचना संयोजक भुपेन्द्र तिमल्सिना सहितले वडा नं -१ स्थित स्वास्थ्य चौकीबाट हात्तीपाइले विरुद्धको औषधि आफैले सेवन गर्नु भएको थियो ।

राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत ११ औं चरणको हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रमलाई अभियानकै रुपमा प्रभावकारी तवरले संचालन गर्ने बारेको निर्णय गत १८ गते नगरपालिकको वैठकले गरेको थियो । सोहि अनुसार यो वर्ष ६५ हजार ४९ जनालाई औषधि खुवाइने स्वास्थ्य शाखाका प्रमुख मुरारी आचार्यले जानकारी दिनुभयो। ।

उहाँले सोका लागि यस अघि नै नगरभित्रका सबै ईस्वास्थ्य चौकी र अस्पतालमा कार्यरत ६० जना स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरिएको बताउनुभयो। गत १८ गते नगरपालिका कार्यालयमा सम्पन्न ‘पालिकास्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी’मा औषधि खुवाउनका लागि योजना तय गर्न र कार्यक्रमलाई प्रभावकारी तुल्याउन सबै वडामा जनचेतना तथा प्रचार प्रसार कार्यक्रम गर्ने निर्णय भएको थियो ।

क्युलेक्स जातको पोथी लामुखट्टेबाट सर्ने सो रोगको विरुद्ध यस वर्षदेखि लगातार ३ वर्षसम्म थप औषधि सहितको आइडीए औषधि सेवन विधिको क्रम सुरु भएको हो । गर्भवती महिला, ७ दिन भित्रको सुत्केरी, २ वर्षसम्मका बालबालिका, ओछ्यान परेका विरामी, क्षारे रोगका विरामीले वाहेक सवैले सो औषधि सेवन गर्न मिल्ने स्वास्थ्यकर्मीले सल्लाह दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here