‘त्रिदेवले क्यूएए प्रमाणपत्र पाउनु गौरवको कुरा’

0
449

सावित्रा दहाल,
चारआली ।

त्रिदेव बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्ययनको प्रमाणपत्र पाएको छ ।

मेचीनगर–१३ मा रहेको उक्त क्याम्पसले गुणस्तरीय सुनिश्चितताको प्रमाणपत्र पाएको हो । प्रमाणपत्र प्राप्त गरेको खुशियालीमा चारआलीदेखि काँकरभिट्टा र काँकरभिट्टाबाट बिर्तामोड हुँदै पुनःक्याम्पससम्म मोटरसाइकल ¥याली गरी क्याम्पस प्राङ्गणमा आएर कोणसभाको आयोजना गरेको थियो ।

सो अवसरमा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले आफ्नो कार्यकालमा मेचीनगरको गहनाको रुपमा रहेको त्रिदेव बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्ययनको प्रमाण–पत्र प्राप्त गर्नु सारा मेचीनगरबासीको गौरवको विषय भएको बताए ।

कार्यक्रममा सल्लाहकार समितिका सहसंयोजक दुर्गाप्रसाद भट्टराईले क्यूएए प्रमाणपत्र भनेको कस्तुतीको सुगन्ध जस्तै भएकोले यसको सुवास लिन मेचीनगरबासी र आसपासका छिमेकी पालिकाहरुले र सरोकावालाहरुले बुझुनु जरुरी रहेको बताए ।

कार्यक्रममा क्याम्पस सञ्चालक समिति पूर्व अध्यक्ष सन्तोष नेउपाने, संस्थापक सञ्चालक समिति उपाध्यक्ष सरद शिवाकोटी, क्याम्पसलाई एक विगाह जग्गा प्रदान गर्नुहुने दातापूर्व जरसाव दिलीप कार्की, मेचीनगर नगरपालिका वडा नं. १४ का वडाध्यक्ष शंकर पोखरेल, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका सहायक क्याम्पस प्रमुख शेरबहादुर बानियाँ, पार्टीहरुको तर्फबाट नेकपा एमाले मेचीनगर नगरपालिका वडा नं. १३ का अध्यक्ष भोजराज पराजुली लगायतले क्याम्पसले छोटो समयमा गरेको प्रगतिको प्रशंसा गरेका थिए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षता र प्राध्यापक संघका सभापति प्रकाश बाँस्तोलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख माधव प्याकुरेल र सहायक क्याम्पस प्रमुख तेजप्रसाद खनालले गरेका थिए ।

क्याम्पसको स्थापना, विकास र सञ्चालनमा स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान पु¥याउनुहुने यस क्षेत्रका अग्रज बुद्धिजीवी, शिक्षासेवी, दाता महानुभावहरु, पूर्व तथा वर्तमान सञ्चालक समिति, सल्लाहकार समिति, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, प्राध्यापक, कर्मचारी विभिन्न विद्यार्थी संघ–संगठनका प्रतिनिधि र विद्यार्थीहरु लगायत सम्पूर्ण सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

वि.सं. २०६४ सालमा स्थापना भएको यस क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्ययन (क्यूएए) प्रमाणपत्र प्राप्तिको लागि २०७२ साल श्रावणमा इच्छा पत्र पेस गरेको थियो । उक्त इच्छा पत्रलाई स्वीकृति प्रदान गर्दै विश्वविद्यालय अनुदान आयोगले विभिन्न समयमा विभिन्न विषयका विज्ञहरु पठाएर स्थलगत अध्ययन, अवलोकन गरी दिएको सल्लाह र सुझावलाई क्याम्पसले कार्यान्वयन गर्दै अघि बढेको थियो ।

आयोगको सल्लाह र सुझावलाई निरन्तर कार्यान्वयन, परिमार्जन र परिस्कारपश्चात ६ वर्षको अन्तरालमा २०७७ साल चैत १८ गते क्यूएए साइकल पूरा भएको पत्र प्राप्त भएपश्चात पुनः केही महत्वपूर्ण विषयमा सुधार र परिमार्जन गर्नुपर्ने भन्दै आयोगको सुझाव अनुसार २०७८ आश्विनमा पुनः समकक्षी अध्ययन टोलीबाट पुनः अनुगमन भएको थियो । त्यसपश्चात २०७८ फागुन २३ गते देशभरका चारवटा क्याम्पसलाई एकै मितिमा गुणस्तर सुनिश्चितता प्रत्यायनको प्रमाण–पत्र वितरण गरेको थियो ।

देशभर रहेका एक हजार चार सयभन्दा बढी क्याम्पसहरु मध्ये हालसम्म विश्वविद्यालय अनुदान आयोगले ५७ वटा क्याम्पसहरुलाई गुणस्तर सुनिश्चितताको प्रमाणपत्र वितरण गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here