काङ्ग्रेस नेतृत्वको सरकार धनिपुर्जा बाँडने तयारीमा

0
494

बिर्तामोड ।

नेपाली काङ्ग्रेस झापाका सचिव कृष्ण हुमागाईले भुमीहीन, अब्यवस्थित बसोबासी र सुकुम्बासीहरुलाई जग्गाधनि प्रमाण पुर्जा बितरणको तयारीमा काङ्ग्रेस नेतृत्वको वर्तमान सरकार लागिरहेको बताउनु भएको छ ।

नेपाली काङ्ग्रेस अर्जुनधारा ४ न। वडा समितिद्वारा आज भङ्गबारीमा आयोजित जेष्ठ नगरिक सम्मान कार्यक्रमलाई प्रमुख अथितिको रुपमा सम्बोधन गर्दै सचिव हुमागाईले जग्गाको लागत लिन सुरु भैसकेको हुँदा भुमी आयोगले चाडै धनीपुर्जा बाडने बताउनुभयो ।

काङ्ग्रेसले हुने काम र कुरा मात्र बोल्ने भनाई राख्दै नेता हुमागाईले एमालेले जनतामा छरेका भ्रम र केपी ओली सरकारले गरेका खर्बौ, खर्बका भ्रष्टाचारका काण्डहरु जनतालाई सुनाएर वास्तविकता बुझाउन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

जेष्ठ नागरिक सल्लाहकारसभाका उपसभपति उमानाथ हुमागाईको सभापतित्वमा भएको सो कार्यक्रममा क्षेत्रीय प्रतिनिधि केदार खडका, अम्बर कटुवाल, प्रदेश ख सदस्य मदन थापा लगायत जेष्ठ नागरिकबाट बिभिन्न सुझावहरु संकलन गरिएको थियो ।

वडा सचिव सुरज राजबन्शीले बुदा टिपोट लिपीवद्ध गर्नुभएको उक्त कार्यक्रमको सन्चालन वडा सभापति खेम काफ्लेले गर्नुभएको पत्रकार गणेश थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here